बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

हेलिकप्टरमार्फत बिरामी लैजाँदा आधा भाडा गाउँपालिकाले तिरिदिँदै

सडक नहुँदा समस्यामा नागरिक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १५ २०८०
images
images
हेलिकप्टरमार्फत बिरामी लैजाँदा आधा भाडा गाउँपालिकाले तिरिदिँदै

हालसम्म पालिकाले सात गम्भीर तथा जटिल प्रकृतिका बिरामीलाई ५० प्रतिशत खर्च व्यहोरेर हेलिकप्टर चार्टर्डमार्फत उपचारका लागि अस्पतालसम्म पुर्‍याएको छ। 

images
images

मनाङ- सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दै आएको छ। सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ। यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो। 

images
images
images

मनाङको विकट क्षेत्रमा पर्ने नार्पाभूमि सडकमार्गको पहुँचमा हालसम्म पुग्न सकेको छैन। स्थलमार्गको सहज पहुँच नहुँदा बिरामी उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामाले बताए। 'गम्भीर बिरामीलाई उपचारको व्यवस्था गर्नु हाम्रो दायित्व हो', उनले भने।

images
images

जिल्लामा भरपर्दो स्वास्थ्य सेवा छैन। गम्भीर वा जटिल प्रकृतिका बिरामीलाई पोखरा, काठमाडौंलगायत ठाउँका अस्पताल लैजान हेलिकप्टर चार्टर्ड गर्नुरेको उनले बताए। पालिकाले विपन्न स्थानीयवासीको उपचारका लागि हेली चार्टर्डमा ५० प्रतिशत खर्च व्यहोर्ने गरेको लामा बताउँछन्। 

images
images
images

'हेलिकप्टर चार्टर्ड गर्न पालिकावासी सबै सक्षम छैनन्, त्यसैले विपन्नलाई उपचार तथा स्वास्थ्य पहुँचमा पुर्‍याउन यो निर्णय गरेका हौँ', अध्यक्ष लामाले भने।

हालसम्म पालिकाले सात गम्भीर तथा जटिल प्रकृतिका बिरामीलाई ५० प्रतिशत खर्च व्यहोरेर हेलिकप्टर चार्टर्डमार्फत उपचारका लागि अस्पतालसम्म पुर्‍याएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १५ २०८००४:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend