बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

अर्थतन्त्रमा बाह्य दबाब घटेको छ, अब आन्तरिक गतिविधि बढ्छ : गभर्नर अधिकारी 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १४ २०८०
images
images
अर्थतन्त्रमा बाह्य दबाब घटेको छ, अब आन्तरिक गतिविधि बढ्छ : गभर्नर अधिकारी 

गत वर्षदेखिको निरन्तरको दबाबका कारणले आन्तरिक वित्त व्यवस्थापन पनि जटिल बनेको र त्यसको सामान्यकरण हुन केही समय लाग्ने उनको भनाइ छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थततन्त्रको बाह्य क्षेत्रमा देखिएको दबाब घट्दै गएको र यसैका कारणले आन्तरिक गतविधि बढ्ने विश्वास व्यक्त गरेका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधारसँगै तरलता व्यवस्थापन सहज हुँदै आएको बताए। 

images
images

मूल्यवृद्धि लगायतका दबाब भने अझै कायम रहेको उनको भनाइ छ। 

images
images
images

‘तर पनि अन्तर्राष्ट्रिय कारणले गर्दा मूल्यमा परेको दबाब अझै कायम छ । गत वर्षभन्दा व्यापार घाटामा केही कमी आएको, विप्रेषण प्रवाहमा वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारका कारण शोधनान्तर स्थिति पनि बचतमा रहन थालेकोले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्रलगायत बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार आएको देखिन्’ उनले भने। 

गत वर्षदेखिको निरन्तरको दबाबका कारणले आन्तरिक वित्त व्यवस्थापन पनि जटिल बनेको र त्यसको सामान्यकरण हुन केही समय लाग्ने उनको भनाइ छ। 

विकास खर्च र कर्जा प्रवाहमा कमी आउँदा आर्थिक गतिविधिमा केही शिथिलता आएको, सरकारको राजस्व सङ्कलनमा गिरावट आएको छ।  बाह्य क्षेत्रको सहजतासँगै बैंकिङ प्रणालीको तरलतामा सुधार भइरहेको र बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधि सुधार हुँदै जाने उनको भनाइ छ। 

नेपाली अर्थतन्त्र बढी आयात र विप्रेषणमा निर्भर रहेकोले विश्व अर्थतन्त्रको प्रभाव सामना गर्दै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चुनौतीपूर्ण हुँदै आएको छ। वित्तीय स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थिरता कायम राख्ने कार्यमा राष्ट्र बैंक सदैव प्रतिबद्ध रहेको अधिकारीको भनाइ छ। 

 


प्रकाशित : बिहीबार , वैशाख १४ २०८०१३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend