शुक्रबार, असोज ४ गते २०८१    
images
images

भारतमा उत्पादित बेबी पाउडर 'जोनसन एण्ड जोनसन' बिक्रीमा रोक

images
बिहीबार , वैशाख १४ २०८०
images
images
भारतमा उत्पादित बेबी पाउडर 'जोनसन एण्ड जोनसन' बिक्रीमा रोक

विभागले जोनसन एण्ड जोनसन भारतीय कम्पनीबाट उत्पादित बेबी पाउडरको एउटा ब्याच नम्बरमा बच्चामा असर गर्ने वस्तु रहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको हो।

images
images

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट उत्पादित 'जोनसन एण्ड जोनसन' बेबी पाउडर बिक्रीवितरणमा रोक लगाएको छ।

images
images
images

विभागले जोनसन एण्ड जोनसन भारतीय कम्पनीबाट उत्पादित बेबी पाउडरको एउटा ब्याच नम्बरमा बच्चामा असर गर्ने वस्तु रहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको हो।

विभागले जारी गरेको सूचनामा भनिएको छ, 'बेबी पाउडरमा मानव शरिरलाई असर पर्ने पदार्थ भेटिएको भनी विभिन्न सञ्चार माध्यममा आएको विषयलाई आधार मानी यस विभागमा उजुरी पर्न आएको र सो सम्बन्धमा यस विभागबाट आवश्यक अनुगमन, अध्ययन र अनुसन्धान गर्दा छिमेकी मुलुक भारतको बम्बई हाई कोर्टले गरेको फैसलामा जोनसन एण्ड जोनसन कम्पनीबाट उत्पादित बेबी पाउडरको ब्याच नम्बर बीर्थीआर १००४० मा तोकिएको भन्दा पीएच भ्यालु रेन्जभन्दा बढी भएकोले स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी सो ब्याचको बेबी पाउडर बिक्री वितरण नगर्न र अनसोल्ड बेबी पाउडर प्रोडक्टलाई फिर्ता ल्याउन निर्देशन दिइएको छ।'

सोही आधारमा विभागबाट विस्तृत अनुसन्धान भइरहेको हुँदा अनुसन्धान निष्कर्षमा नपुगुन्जेलसम्म उक्त ब्याचको बेबी पाउडर बिक्री वितरण नगर्न विभागले निर्देशन गरेको छ।

images


प्रकाशित : बिहीबार , वैशाख १४ २०८०१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend