बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

थप ९ अर्ब ६८ करोड लगानी गर्दै डाबर नेपाल, लगानी बोर्डसँग भयो सम्झौता 

images
बिहीबार , वैशाख १४ २०८०
images
images
थप ९ अर्ब ६८ करोड लगानी गर्दै डाबर नेपाल, लगानी बोर्डसँग भयो सम्झौता 

गएको आर्थिक वर्षमा कम्पनीले १३ अर्ब आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २१ प्रितशत धेरैं हो। अघिल्लो वर्ष कम्पनीले १० अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

images
images

काठमाडौं- बहुराष्ट्रिय कम्पनी डाबर नेपालले थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ। पुर्नलगानीका लागि डाबर नेपाल र लगानी बोर्डबीच आज समझदारी भएको छ। 

images
images
images

डाबरलाई लगानी विस्तारका लागि बोर्डले यसअघि नै अनुमति दिइसकेको थियो। बोर्ड र डाबर नेपालबीच आज निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि परियोजना समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

images
images

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका लागि हरकिरत सिंह वेदीले हस्ताक्षर गरेका छन्। कोरोनाको दोस्रो लहर अघि नै डाबरले नेपालमा लगानी थप गर्नका लागि अनुमति माग गर्दै प्रस्ताव गरेको थियो।

images
images
images

नेपालमा ६ अर्बभन्दा माथिको कुनै पनि लगानीको स्वीकृति तथा सहजीकरण गर्ने जिम्मेवारी लगानी बोर्डले पाएको छ। सोहीअनुसार डाबर बोर्ड पुगेको हो।कम्पनीको प्रस्तावमाथि छलफल गरेर बोर्डको मंगलबार बसेको वैठकले लगानी स्वीकृति दिएको हो। 

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको डाबर नेपालमा ९७.५० प्रतिशत डाबर इन्डियाको स्वामित्व छ भने नेपाली साझेदारको २.५ प्रतिशतमात्र स्वामित्व रहेको छ।

२०४७ सालको परिवर्तनसँगै नेपाल आएको डाबरले पछिल्लो सयम नेपालमा जुस लगायतका वस्तुको उत्पादन गरि भारत निर्यात गर्दै आएको छ। निर्यातको सम्भावना बढी भएको वस्तुको उत्पादन क्षमता बढाउने  डाबरले प्राथमिकतामा राखेको छ। 

रियल जुस, डावर च्यवनप्रास, डावर रेड टुथपेस्ट, हाजमोला, डावर अमला हेयर अयल, डावर हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल, ह्यान्डवास लगायत डाबरका मुख्य उत्पादन हुन्।

डाबरले हर्वल प्लान्टको उत्पादनका लागि किसानहरुसँग सहकार्य गरिरहेको बताएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि किसानहरुलाई सहयोग गरिरहेको कम्पनीले जानकारी दिएको छ।

पछिल्लो समय डाबरले नेपालमा आफ्नो आम्दानी बढाउँदै लगेको छ। सन् २०२० मा कम्पनीले नेपालबाट ८ अर्ब ९३ करोड आम्दानी गरेको थियो। कोरोनाका कारणले २०१९ तुलनामा आम्दानीमा केही गिरावट आएको थियो। २०१९ मा कम्पनीले ९ अर्ब आम्दानी गरेको थियो।

गएको आर्थिक वर्षमा कम्पनीले १३ अर्ब आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २१ प्रितशत धेरैं हो। अघिल्लो वर्ष कम्पनीले १० अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

भारत बाहेक डाबरले नेपाल, श्रीलंका, टर्की, बांगलादेश, युएइ, इजिप्ट, नाइजेरिया र दक्षिण अफ्रिकामा उत्पादन प्लान्ट राखेको छ।भारतमै डाबरको स्थापना सन् १९८४ मा भएको थियो।


प्रकाशित : बिहीबार , वैशाख १४ २०८०११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend