बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

शिथिल अर्थतन्त्र अहिलेको समस्या हो, अब मौद्रिक नीति खुकुलो बनाउन जरुरी छ : अर्थमन्त्री महत

images
बिहीबार , वैशाख १४ २०८०
images
images
शिथिल अर्थतन्त्र अहिलेको समस्या हो, अब मौद्रिक नीति खुकुलो बनाउन जरुरी छ : अर्थमन्त्री महत

'ब्याजदरले बजारमा पुँजी प्रवाह भइरहेको छैन। मौद्रिक नीतिमाफृत् बजारमा पुँजी प्रवाह गर्न जरुरी छ।'

images
images

विराटनगर- अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। उनले भने, ‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस विषयमा जानकार छ।' 

images
images
images

'अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ। राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ। एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो। कति कसिकसाउ गर्नुपर्ने पर्थ्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो’ मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्ने जरुरी छ। यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु। उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु।’ 

images
images

ब्याजदरले समस्या सिर्जना गरेको बताउँदै उनले भने, 'ब्याजदरले बजारमा पुँजी प्रवाह भइरहेको छैन। मौद्रिक नीतिमाफृत् बजारमा पुँजी प्रवाह गर्न जरुरी छ।' यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी रहेको मन्त्री डा. महतको भनाइ छ। 

images
images
images

‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पुँजीगत खर्चको प्रतिशत न्यून छ। अहिले ३० प्रतिशतको मात्र कुरा आएको छ। यसको प्रभावकारितालाई बढाउन जरुरी छ। हाम्रो ठेक्का प्रकृयामा समस्या छ, साइट क्लियरेन्सका कुरा आएको छ, समस्यामा निर्णय नहुँदा उत्पन्न हुने समस्या छ। सबै क्यिलयरेन्स नभइ ठेक्का लाग्यो, अब काम होला भनेर सबैले पर्खेर बसे, काम अगाडि बढ्दैन’ उनले भने, 'साइट क्लियरेन्स नहुँदा यो समस्या आउँछ। वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अगाडि बढ्न सकेको छैन। त्यसले गर्दा पुँजीगत खर्चमा समस्या आएको हो। अबका आयोजनाहरु यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्छ। वर्षको अन्तिम त्रयमासिकमा मात्रै ठेक्का लगाउन जुरमुराउने परम्परा छ, यसरी हुँदैन। पहिलो दिनबाटै हामीले काम सुरु गर्नुपर्छ भनेर हामीले सबै मन्त्रालयका साथीहरुसँग कुरा गरिरहेका छौँ।’ 

उनले भने, ‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ। समस्याका धेरै पाटा र चाङ छ। समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन। समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु। कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलतालाई हटाउने म इमान्दार प्रयास गर्नेछु।’ 

‘यो एउटा गाडी कुदेजस्तै हो, गाडीमा, स्टेरिङ राम्रो भएर मात्र पुग्दैन, पाङग्रा वा अन्य सामाग्री मात्र राम्रो भएर पुग्दैन, यसमा सबैले आ-आफ्नो जिम्मेवारी एक साथ पूरा गर्‍यो भने मात्र गाडी गन्तव्यमा पुग्न सक्छ', मन्त्री महतले भने, ‘देश चलाउन पनि सम्पूर्ण संयन्त्र एकाकार भएर अघि बढ्नुपर्छ। एउटै लक्ष्य छ, सबैको आ-आफ्नो जिम्मेवारी छन्, यो जिम्मेवारी पूरा गर्ने मान्यताका साथ लाग्यौं भने हामी लक्ष्यमा पुग्छौं।’ 

मन्त्री महतले भने, ‘राज्य संयन्त्रमा समस्याहरु छन्, यी समस्यालाई सम्बोधन गर्न र छन् भनेर स्वीकार गर्न मलाई कुनै हिचकिचावट छैन। यी समस्यालाई हटाउने सुरुवात गर्न जरुरी छ। ०४६ सालको परिवर्तनपछि देशमा धेरै कुरा भएको छ। अहिले सामाजिक सञ्जालको समय छ, संसार सबैको हात-हातमै छ। हामी कुन आधारबाट अघि बढ्यौं, त्यो सुन्ने धर्यता कसैलाई पनि छैन। अरु देशमा यो भइसक्यो, नेपालमा किन नभएको भन्ने चासो सबैलाई छ, हामी कहाँबाट आयौं, त्यो कसैलाई चासो छैन। त्यो अनुसारको परिणाम हामीलाई नेपालको राजनीतिक नेतृत्वले किन दिएन भन्ने प्रश्न गरिरहेका छन्।’ 

‘यो चुनौती पार गर्नका लागि हामी संयम भएर काम सुरुवात गर्नैपर्छ। हामीसँग यी समस्या छ, यति साधन छ, यी साधनश्रोतबाट हामी यी काम गर्दैछौं’ मन्त्री डा. महतले भने, ‘कामप्रति हामी जति गम्भीर हुनुपर्ने हो, त्यति नभएका छैनौँ। अब हामी कुरा कम र काम ज्यादा गर्नुपर्छ। निजी क्षेत्रले आफ्नो समस्याको जगमा पुगेर बुँदागत रुपमा कारण र नतिजा उल्लेख गर्नुस्, अब यी कुरा हटाउनुपर्छ भन्ने सुझाव सल्लाह दिनुहोस।'

‘औद्योगिक प्रारम्भ भएको ठाउँ हो- विराटनगर। प्रतिनिधिमूलक सल्लाह सुझाव हुन्छ भनेर म यहाँ आएको हुँ’, मन्त्री डा. महतले भने, ‘प्रत्यक्ष रुपमा सल्लाह सुझाव राख्न नसक्ने साथीहरुका लागि यहाँका प्रतिनिधिमूलक संस्थाबाट ती विचार र सुझावको प्रतिनिधित्व भएको छ भन्ने मलाई विश्वास छ।’


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend