सोमबार, वैशाख २४ गते २०८१    
images
images

कियाले भारतबाट निर्यात गर्‍यो २ लाख कार, नेपालसहित ९५ देशमा निर्यात

images
images
images
कियाले भारतबाट निर्यात गर्‍यो २ लाख कार, नेपालसहित ९५ देशमा निर्यात

कियाका अनुसार भारतबाट निर्यात भएका २ लाख कार मध्ये सबैभन्दा धेरै १ लाख ३५ हजार ८ सय ८५ वटा सेल्टोस निर्यात भएको छ। कियाले भारतबाट निर्यात गर्ने सबै ९५ देशमै सेल्टोस निर्यात भइरहेको छ। 

images
images

काठमाडौं- कोरियाली कार निर्माता कम्पनी किया मोटरले भारतमै कार उत्पादन सुरु गरेयता २ लाख कार निर्यात गरेको छ। कियाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त संख्यामा कार निर्यात भएको हो। 

images
images
images

कियाले भारतबाट नेपालसहित ९५ देशमा कार निर्यात गरिरहेको छ। कियाले भारतमा उत्पादित कार एसिया प्यासिफिकसहित मध्यपूर्व, दक्षिण अमेरिका, मेक्सिकोलगायत क्षेत्रमा निर्यात हुँदै आएको छ। 

images

आर्थिक वर्ष २०२३ मा मध्यपूर्व र मेक्सिकोबाट कारको अत्याधिक माग आएको कियाले जनाएको छ। योसँगै कियाले २ लाख कार निर्यातको कोशेढुंगा पार गरेको हो। निर्यातमा सबैभन्दा महत्वपूर्ण हिस्सा सेल्टोसको रहेको छ। 

images

कियाका अनुसार भारतबाट निर्यात भएका २ लाख कार मध्ये सबैभन्दा धेरै १ लाख ३५ हजार ८ सय ८५ वटा सेल्टोस निर्यात भएको छ। कियाले भारतबाट निर्यात गर्ने सबै ९५ देशमै सेल्टोस निर्यात भइरहेको छ। 

images
images

अघिल्लो वर्षको तुलनामा २०२३ मार्च क्वाटरमा कियाका कारको निर्यात २२ प्रतिशतले बढेको हो। 

भारत सरकारको मेक इन इन्डिया योजनालाईसमेत सहयोग पुग्ने गरि कियाले भातरको अनन्तपुरमा नेक्स्ट जेन उत्पादन प्लान्ट स्थापना गरेर कार उत्पादन थालेको किया इन्डियाका सेल्स एन्ड बिजनेस प्रमुख मायुङ-सिक सोहने बताए। त्यही प्लान्टबाट उत्पादित कियाका उत्कृष्ट उत्पादन संसारभर निर्यात हुन भइरहेको उनको भनाइ छ। विश्वभर एसयूभी सेगमेन्टको बढ्दो मागलाई सम्बोधन गर्न भारतलाई उत्पादन हब बनाउने योजना कियाले लिएको छ। सोहीअनुसार कियाले भारतमा उत्पादन प्लान्टमा लगानी विस्तार गर्दै जाने बताएको छ। 

कियाको सेल्टोस, सोनेट तथा कारन्सको माग दिनानुदिन उल्लेख्य रुपमा बढ्दै भएको छ। यो माग भारतमा मात्र नभइ नेपाल तथा अन्य बजारमा समेत उस्तै छ। कियाले २०२२ को डिसेम्बरमा मासिक रुपमा हालसम्मकै सर्वाधिक धेरै निर्यात गरेको थियो। सो महिना कियाले भारतबाट ९ हजार ४ सय ६२ वटा कार निर्यात गरेको थियो। 

कियाको भारतीय सफलता 

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा कार उत्पादन सुरु गरेको तेस्रो वर्षमै नाफामा भएको छ। यसले सयमसापेक्ष उत्पादन बजारमा ल्याए बजार हिस्सा बढाउँदै जान सक्ने र नाफामा जाने पुष्टि कियाले गरेको छ। 

जुनसुकै कम्पनीले सही र समयानुकुल रणनीति बनाउँने हो भने भारत अझै पनि कार उत्पादकका लागि राम्रो बजार हुन सक्छ। किया इन्डियाले मार्च २०२१ मा सकिएको आर्थिक वर्षमा कर पछि १ हजार १ सय ११ करोड भारु नाफा गर्न गरेको हो।

जबकी किया २०२० मा ३ सय २९ करोड भारु घाटामा थियो। कोरोना महामारीकाबीच गएको आर्थिक वर्ष २१ मा कियाको कुल कारोबार ८७ प्रतिशतले बढेर २० हजार २ सय ९० करोड भारु भएको थियो। 

कियाले आर्थिक वर्ष २०२० को तुलनामा २०२१ मा कार बिक्री ९० प्रतिशतले बढाएर १ लाख ९६ हजार पुर्‍याएको हो। सेल्टोस र सोनेटले कियाले भारतमा लगानी गरेको ४ वर्षको पुँजीगत लगानीको आधा हिस्सा पूर्ति गरेको छ। 

कोभिड महामारी र त्यसका कारण भएको लकडाउनका बावजुत कियाले आर्थिक वर्ष २०२१ आम्दानी ८० प्रतिशतभन्दा बढी र सञ्चालन नाफाा ४ सय प्रतिशत बढाउन सफाल भएको थियो। गएको आर्थिक वर्ष कियाको आम्दानी सर्वाधिक बिक्रेता मारुती सुजुकीको १० प्रतिशत बराबर र दोस्रो ठूलो बिक्रेता हुन्डाईको आधा बराबर हो। आर्थक वर्ष २०२३ को आम्दानी तथा नाफाको विवरण भने सार्वजनिक भइसकेको छैन।

भारतको आन्द्र प्रदेशको अनन्तपुरमा कियोको कार उत्पादन प्लान्ट रहेको छ। सो प्लान्ट वार्षिक ३ लाख कार उत्पादन गर्ने क्षमता राख्छ। कियाले सोही प्लान्ट तेस्रो सिफ्ट राख्ने तयारी गरेको छ। कारको मागअनुसार नै कियाले कार उत्पादन क्षमता बढाउन लागेको जनाएको छ।

तर भारतमा सवारी उत्पादन गरि बिक्री गर्दा सञ्चालन घाटा बेहोरेको भन्दै दुई अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटर्स(जीएम) र फोर्ड मोटर बाहिरिएका हुन्। जीएम २०१७ मा बाहिरिएको हो भने फोर्डले २०२१ को अन्त्यतिर भारतका दुई राज्य तामिलनाडू र गुजरातमा रहेको प्लान्ट बन्द गर्ने निर्णय गरेको थियो। यी दुबै कम्पनी सञ्चालन घाटामा भएको भन्दै बन्द गर्ने निर्णयमा पुगेका हुन्।  

कियाका कार पछिल्लो समय नेपाली बजारमा समेत उल्लेख्य रुपमा बढी रहेको छ। नेपाली बजारमा कियाका कार कन्टिनेन्टल ट्रेडिङले बिक्री गर्दै आएको छ। विगतमा कियाका स्पोर्टेज, पिकान्टो, रियो, सोरेन्टोलगायत कार बिक्री हुँदै आएको छ। पछिल्लो पटक आएका सेल्टोस, सोनेटको माग नेपालमा पनि उल्लेख्य बढेको छ। कम्पनीले हालै कारन्स पनि नेपाल भित्र्याएको छ। 

विगतमा सीमिति मोडल भएको र उपभोक्ताको रोजाइमा पर्ने मोडल कम हुँदा कियाका कार निक्कै कम बिक्री हुन्थ्यो। तर कियाले भारतमा प्लान्ट स्थापना गरेर सेल्टोस र सोनेटजस्ता रोजाइका एसयूभी नेपाली बजारमा आएसँगै बिक्री बढेको छ।

images

प्रकाशित : शुक्रबार, वैशाख १५ २०८००४:३९

प्रतिक्रिया दिनुहोस