बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

भरतपुर विमानस्थलबाट जहाज लिएर ह्यांगर भत्काउन शिवानी एयरलाई १५ दिने समयसीमा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १४ २०८०
images
images
भरतपुर विमानस्थलबाट जहाज लिएर ह्यांगर भत्काउन शिवानी एयरलाई १५ दिने समयसीमा 

उड्डयन प्राधिकरणको वाकी वक्यौता रकम चुक्ता गरी उक्त ह्यांगर भत्काई सो ह्यांगरमा रहेका वायुयान तथा अन्य मालसामानहरु लिनका लागि शिवानीका नाममा सूचना जारी गरिएको छ। 

images
images

काठमाडौं- भरत विमानस्थलमा रहेको शिवानी एयरको ह्यांगर तथा त्यसमा भएका जहाज १५ दिनभित्र लिन नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। 

images
images
images

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भरतपुरमा नयाँ टर्मिनल बनाउनका लागि ह्यांगर भत्काउनुपर्ने भएकाले १५ दिनभित्र भत्काएर बाँकी रहेका जहाज लिन भनेको छ। 

images
images

यदि १५ दिनभित्र सूचना अनुसार नगरेमा जहाजको स्वामित्व लिएर लिलाम गरिने र ह्यांगर भत्काएर खर्च उठाउने चेतावनी दिएको छ। शिवानी एयरप्ले वायुयान चालक प्रशिक्षण संस्था संचालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिई ह्यांगर बनाएको थियो। 

images
images
images

उक्त क्रममा शिवानीले तीनवटा लाइट जहाज पनि राखेको छ। डाइमन्ड काटनाका तीनवटा जहाज पनि रहेका छन्। 

उड्डयन प्राधिकरणको वाकी वक्यौता रकम चुक्ता गरी उक्त ह्यांगर भत्काई सो ह्यांगरमा रहेका वायुयान तथा अन्य मालसामानहरु लिनका लागि शिवानीका नाममा सूचना जारी गरिएको छ। 

 


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend