बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

गृहमन्त्रीलाई बालेनको प्रश्न : कुन कानून र नैतिकताका आधारमा अवैध संरचनाको संरक्षण गर्नुहुन्छ?

images
बुधबार, वैशाख १३ २०८०
images
images
गृहमन्त्रीलाई बालेनको प्रश्न : कुन कानून र नैतिकताका आधारमा अवैध संरचनाको संरक्षण गर्नुहुन्छ?

'कुन कानून र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यू? कसरी कानूनीराज्यको अनुभूति दिलाउनु हुन्छ?'

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कानून बमोजिम शासन व्यवस्था नचलेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्। नदी किनारको अवैध संरचना हटाउने प्रयासमा रहेका बालेनले सरकारको साथ नमिलेको भन्दै कुन कानून र नैतिकताका आधारमा अवैध संरचनाको संरक्षण गरिएको हो भनि प्रश्न गरेका छन्।

images
images
images

'यदि कुनै कानूनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानून परिवर्तन गर्न सार्वजनिक अपिल गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानून बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस्', सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'योतर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भइसक्दा पनि कुन कानून र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यू? कसरी कानूनीराज्यको अनुभूति दिलाउनु हुन्छ?'

images
images

उनले त्यसअघि लेखेका छन्, 'स्मरणका लागि - २०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यिनका सहायक नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरू भत्काएर नदीको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको थियो। आज फेरि उच्च अदालतले बागमती सभ्यताकोविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था छ।'

images
images
images

काठमाडौं महानगरको प्रमुखमा विजयी भएदेखि नै अवैध संरचना हटाउने काममा बालेनले विशेष ध्यान दिइरहेका छन्। विशेषगरी नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने प्रयासमा उनले गृह प्रशासनको साथ खोजिरहे पनि उनी सफल हुन सकिरहेका छैनन्। 


प्रकाशित : बुधबार, वैशाख १३ २०८०१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend