शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आन्तरिक ऋण तिर्न थप २७ अर्ब निकासा

बुढिगण्डकीको ९२ करोड बजेट विभिन्न आयोजनामा रकमान्तर 

बुधबार, वैशाख १३ २०८०
आन्तरिक ऋण तिर्न थप २७ अर्ब निकासा

यो वर्षका लागि ऋण भुक्तानी गर्न न्यून बजेट विनियोजन गरिएको थियो। बजेट न्यून भएपछि अर्थले विविध शीर्षकबाट निकासा गरेको हो। 

काठमाडौं-  आन्तरिक ऋण भुक्तानीका लागि अर्थ मन्त्रालयले थप रकम निकासा गरेको छ। परिपक्क भएको विकास ऋणपत्रको भुक्तानी गर्नका लागि अर्थले विविध शीर्षकबाट २७ अर्ब रूपैयाँ बजेट थप निकासा गरेको हो। 

अर्थ मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार चालु वर्षका लागि विनियोजन गरिएको बजेट अपुग भएपछि थप निकासा गरिएको हो। 

यो वर्षका लागि ऋण भुक्तानीका लागि न्यून बजेट विनियोजन गरिएको थियो। बजेट न्यून भएपछि अर्थले विविध शीर्षकबाट निकासा गरेको हो। 

सरकारले रासायनिक मल खरिदका लागि आवश्यक ३ अर्ब ३२ करोड रुपैयाँ थप निकासा गरेको छ। किसानलाई अनुदानमा मल उपलब्ध गराउनका लागि यो थप रकम निकासा गरिएको हो। यसअघिको विनियोजन अपुग भएपछि अर्थले विविध शीर्षकबाट बजेट निकासा गरेको हो। 

चैतमा मात्र सरकारले १ अर्ब ७९ करोड ८८ करोड रुपैयाँ बजेट रकमान्तर गरेको छ। विभिन्न शीर्षकको बजेट अर्को शीर्षकमा रकमान्तर गरेको हो। खर्च हुन नसकेका शीर्षकबाट आवश्यक आयोजनामा रकमान्तरण गरिएको अर्थले जानकारी दिएको छ। 

त्यस्तै चैतमा बुढिगण्डकी जलविद्युत आयोजनाको ९२ करोड बजेट विभिन्न आयोजनामा रकामान्तर गरिएको छ। यसअघि पनि बुढिगण्डकीको बजेट अन्य आयोजनामा रकमान्तर गरिएको थियो। 


प्रकाशित : बुधबार, वैशाख १३ २०८०१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend