शुक्रबार, असोज ४ गते २०८१    
images
images

४ सय ६३ जनाले सगरमाथा आरोहणको अनुमति लिए

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १३ २०८०
images
images
४ सय ६३ जनाले सगरमाथा आरोहणको अनुमति लिए

अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन्। सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन्।

images
images

काठमाडौं- यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका ४ सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्।
     
पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई/तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन्। समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब ४ सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ।
     
अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन्। सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन्।

images
images
images

सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ। सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ७३ करोड ७४ लाख राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १३ २०८०१२:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend