शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

लक्ष्मी कमर्सियल भेहिकल्स र एभरेष्ट बैंकबीच सम्झौता, एसएमएल इसुजुका गाडीमा ७० प्रतिशतसम्म फाइनान्स गर्ने 

images
बुधबार, वैशाख १३ २०८०
images
लक्ष्मी कमर्सियल भेहिकल्स र एभरेष्ट बैंकबीच सम्झौता, एसएमएल इसुजुका गाडीमा ७० प्रतिशतसम्म फाइनान्स गर्ने 

साथै सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजनेस हेड सञ्जय खड्काले जानकारी दिए। 

images
images

काठमाडौं- नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंकबीच एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्झौता भएको छ। 

images
images
images

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एन्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन्। 

images
images

यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले २०८० बैशाख १३ गतेदेखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ। लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा ब्यापारिक घराना हो। 

images
images

लक्ष्मी ग्रुप हुन्डाईका प्यासेन्जर कारहरु, बीएमडब्लूका कारहरुको नेपालका आधिकारिक बिक्रेता हो। लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टू ह्वीलर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक रही आएको छ। 

एभरेष्ट बैंकसँग भएको सम्झौताअनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले नेपालमा आयात गरेर बिक्री गर्ने एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ। साथै यस्तो कर्जा बढीमा ७ वर्षसम्मको लागि उपलब्ध हुनेछ। 

साथै सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजनेस हेड सञ्जय खड्काले जानकारी दिए। 

यो सम्झौता पश्चात दुई संस्थाबीचको ब्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बैैकका डेपुटी जेनेरल मेनेजर गौरब कुमारले बताए। लक्ष्मी कमर्सियल भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंकसँग भएको सम्झौताअनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्सियलका नेटवर्क हेड इश्वर दहालले जानकारी दिए। 

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्सियल भेहिकल्सले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ। यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिँदै आएको छ।

एसएमएल इसुजुले १४ सिट क्षमतादेखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टनदेखि ९ टन क्षमताका ट्रकहरुदेखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ। मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन्। 


प्रकाशित : बुधबार, वैशाख १३ २०८०१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend