बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

पाँच प्याकेजको व्यवस्था हटाउने तयारीप्रति निर्माण व्यवसायी महासंघको आपत्ति 

images
बुधबार, वैशाख १३ २०८०
images
images
पाँच प्याकेजको व्यवस्था हटाउने तयारीप्रति निर्माण व्यवसायी महासंघको आपत्ति 

आम पूर्वाधार विकासका लागि अति आवश्यक यो व्यवस्था हटाइनु भन्दा पनि अझ कडा रुपले कार्यान्वयन हुनुपर्नेमा स्वार्थी समूहको चलखेलमा नियमावली संशोधनको प्रयास गरिनु गम्भीर विषय भएको महासंघको निचोड छ।

images
images

काठमाडौं- राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधनमा उल्लेख ‘एक निर्माण व्यवसायीले पाँच वटामात्र ठेक्का लिन पाउने व्यवस्था’ लाई हटाउन लागिएको भनि आएका विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।

images
images
images

‘समय सापेक्ष रुपमा नियमावलीमा राखिएको उक्त प्रावधानले धेरै भन्दा धेरै काम ओगटी निर्माण कार्यलाई लथालिंग बनाउने परिपाटी लगभग अन्त्य गरी सबै खालका निर्माण व्यवसायीहरूलाई समेत कामको अवसर दिएको जगजाहेर नै छ’ महासंघका महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ।

images
images

उक्त प्रावधान लागु भएसँगै परियोजनाहरू समयमै सम्पन्न भएको प्रगति मूल्यांकन समेत सार्वजनिक भइसकेको महासंघले जनाएको छ।

images
images
images

आम पूर्वाधार विकासका लागि अति आवश्यक यो व्यवस्था हटाइनु भन्दा पनि अझ कडा रुपले कार्यान्वयन हुनुपर्नेमा स्वार्थी समूहको चलखेलमा नियमावली संशोधनको प्रयास गरिनु गम्भीर विषय भएको महासंघको निचोड छ।

कतिपय आयोजनाको लागत इस्टिमेट न्यून दरमा तयार गरिएको, अनावश्यक क्राइटेरिया, साइट उपलब्धता र बजेट सुनिश्चितताको अभाव र भुक्तानी समस्याका कारण नै पछिल्लो समय केही बोलपत्रहरूमा सहभागिता कम हुन गएको महासंघले स्पष्ट पारेको छ।

समयमा निर्माण आयोजना सम्पन्न हुने र सो आयोजनाहरूबाट प्राप्त हुने प्रतिफल तोकिएकै समय भित्रै सरोकारवालाले पाउने भएको हुँदा सबै निर्माण व्यवसायी र आम जनताका लागि अति उपयोगी प्रमाणित भएको उक्त पाँच प्याकेजको व्यवस्था हटाइएमा देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा जान बाध्य हुने समेत महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख १३ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend