सोमबार, वैशाख २४ गते २०८१    
images
images

२३० किमि रेन्जसहित एमजी कोमेट ईभी सार्वजनिक 

images
images
images
२३० किमि रेन्जसहित एमजी कोमेट ईभी सार्वजनिक 

यो विद्युतीय कार ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल आर्किटेक्चरमा आधारीत रहेर उत्पादन गरिएको हो। यो विशेषगरी सिटी कारका रुपमा डिजाइन गरेर बनाइएको कम्पनीको भनाइ छ। 

images
images

काठमाडौं- एमजी (मोरिस ग्यारेज)ले सानो आकारको विद्युतीय कार सार्वजनिक गरेको छ। एमजी इन्डियाले बुधबार सिटी विद्युतीय कारका रुपमा भारतीय बजारमा कोमेट सार्वजनिक गरेको हो। 

images
images
images

एमजीले भारतीय बजारमा कोमेटको सुरुवाती मूल्य ७. लाख ९८ हजार भारु तोकेर सार्वजनिक गरेको हो। कोमेट भारतमा हाल बिक्री भइरहेको विद्युतीय कारहरू मध्य सबैभन्दा सस्तो हो। औपचारिक रुपमा सार्वजनिक भएको कोमेटको बुकिङ भने मे १५ देखि हुला हुनेछ। 

images

एमजी कोमेटरमा १७.३ किलोवाट आवरको लिथियम आयत ब्याट्री प्याक रहेको छ। कोमेटमा रहेको मोटरले ४२ पीएुस वापर र १ सय १० एनएम टर्क जेनेरेट गर्छ। यो कारले एक पटकको फुल चार्जमा २ सय ३० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

images

एमजी कोमेट ३.३ किलोवाटको चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज हुन ५ घण्टा र सय प्रतिशत चार्ज हुने ७ घण्टा लाग्ने छ।

images
images

यो विद्युतीय कार ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल आर्किटेक्चरमा आधारीत रहेर उत्पादन गरिएको हो। यो विशेषगरी सिटी कारका रुपमा डिजाइन गरेर बनाइएको कम्पनीको भनाइ छ। 

यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट रहेको छ। कोमेटमा विन्डस्क्रीनको मुनि ओआरभीएम छ भने डुअल-टोन कलर थिम र ठूलो रियर क्वार्टर गिलासको छेउमा क्रोम स्ट्रिप राखिएको छ। 

कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक बनाएको छ। कोमेट ईभीलाई कम्पनीले सेतो, निलो, हरियो, पहेँलो र गुलाबीसहित पाँच रंगमा उपलब्ध गराउने छ।

यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टमलगायत रहेको छ। कोमेटमा अत्याधुनिक प्रविधिको उल्लेख प्रयोग गरिएको छ। यो कार विलिङको एयर ईभीमा आधारित रहेर बनाइएको हो। एमजी कोमेट केही महिनापछि नेपाली बजारमा आउने अनुमान गरिएको छ। 

images

प्रकाशित : बुधबार, वैशाख १३ २०८०१२:४१

प्रतिक्रिया दिनुहोस