बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सीडी रेसियोको सबैभन्दा बढी दबाबमा हिमालयन हुँदा सहज अवस्थामा नेपाल बैंक, अन्य कुनको अवस्था कस्तो?

बुधबार, वैशाख १३ २०८०
सीडी रेसियोको सबैभन्दा बढी दबाबमा हिमालयन हुँदा सहज अवस्थामा नेपाल बैंक, अन्य कुनको अवस्था कस्तो?

काठमाडौं- नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशत कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) जोगाउन बैंकहरूलाई हम्मेहम्मे परेको छ। केही बैंकहरूले कर्जा र निक्षेप अनुपात नजोगाउँदा कारबाहीसमेत भोग्नु परेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको निक्षेप ५४ खर्ब ५२ अर्ब पुगेको छ भने वाणिज्य बैंकहरूको निक्षेप ४८ खर्ब ५ अर्ब पुगेको छ। कुल कर्जा प्रवाह ४८ खर्ब ४५ अर्ब हुँदा वाणिज्य बैंकहरूले ४२ खर्ब ९५ अर्ब प्रवाह गरेका छन्। समग्र वित्तीय संस्थाहरूको सीडी रेसियो ८५.२० प्रतिशत मात्रै रहेको छ। 

अहिले बैंकहरू वित्तीय संस्थाहरू ३ खर्ब हाराहारी ऋण प्रवाह गर्न सक्ने अवस्थामा रहेका छन् तर केही बैंकहरूको मर्जरलगायतका प्रक्रियाले सीडी रेसियोमा केही समस्या भएको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी असर हिमालयन बैंकको रहेको छ। बैंक अहिले कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा रहेको छ। हिमालयन बैंकको सीडी रेसियो ९०.५० प्रतिशत रहेको छ। सबैभन्दा कम नेपाल बैंकको ७७.८४ प्रतिशत मात्रै रहेको छ।

राष्ट्र बैंकले बैंकहरूलाई सीडी ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ। कर्जा निक्षेप अनुपात ९० माथि हुँदा केही जरिवाना गर्दै आएको छ। ९ महिनाको वित्तीय विवरणअनुसार वाणिज्य बैंकको सीडी रेसियो न्यूनतम ७७ प्रतिशत देखि अधिकतम ९०.५० प्रतिशतसम्म छ। 

२०७९ चैतसम्ममा कृषि विकास बैंक सीडी रेसियो ८७.१९ प्रतिशत पुगेको छ। गत वर्ष सोही समयमा कृषि विकास बैंकको सीडी रेसियो ९२.५१ प्रतिशत पुगेको थियो। कृषि बैंकले सुधार गर्र्दै लगेको तथ्यांकमा देखिन्छ। 

त्यसैगरी ग्लोबल आईएमई बैंकको सीडी रेसियो ८७.१७ प्रतिशत, सानिमा बैंक ८२.२९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७९.१५ प्रतिशत, प्राइम कमर्सियल, सिद्धार्थ बैंकको ८०.८१ प्रतिशत र कुमारी बैंकको सीडी रेसियो ८९.६९ प्रतिशत छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८७.०५ प्रतिशत, प्रभु बैंकको ८४.८० प्रतिशत, सनराइज बैंक ८७.१० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८२.०८ प्रतिशत, लक्ष्मी बैंकको ८५.३६ प्रतिशत, माछापुच्छ्रे बैंकको ८१.८७ प्रतिशत, हिमालयन बैंकको ९०.५० प्रतिशत प्रतिशत, सिटिजन्स बैंकको ८६.८६ प्रतिशत, एनएमबि बैंकको ८७.०८ प्रतिशत, एनआईसी एसिया बैंकको ८४.८५ प्रतिशत, नेपाल एसबीआई बैंकको ८१.३७ प्रतिशत, नबिल बैंकको ८७.६८ प्रतिशत, नेपाल बैंकको ७७.८४ प्रतिशत र एभरेष्टको ८६.८२ सीडी रेसियो रहेको छ।


प्रकाशित : बुधबार, वैशाख १३ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend