बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

हापुरे बजारमा फस्टाउँदै साबुन उद्योग, १ करोड २५ लाख लगानी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १३ २०८०
images
images
हापुरे बजारमा फस्टाउँदै साबुन उद्योग, १ करोड २५ लाख लगानी

उद्योगले सुरुवातमा कमाइ राम्रो गरेको र अहिलेसम्म उद्योगमार्फत नमूना उत्पादन भएको भन्दै सञ्चालक विकले भविष्यमा बजार व्यवस्थापन गर्न सकेको अवस्थामा कमाइसँगै कामदार थप्ने अपेक्षा लिएका छन्।

images
images

दाङ- बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ। यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गरेका हुन्।  

images
images
images

रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समयसम्म कामगर्ने अवसर पाएका विकले अहिले आफैले उद्योग सञ्चालन गरी बजारमा साबुन र सर्फ बिक्रीका लागि ल्याएका छन्। उनले आफूले उत्पादन गरेको साबुनले राम्रो बजार पाएको बताए।

images
images

विकले केही समयअघि १ करोड २५ लाखको लगानीमा दया उजेली साबुन उद्योग सञ्चालनमा ल्याएका हुन्। उनको उद्योगले लुगा धुने साबुन र सर्फ उत्पादन गरी बजारमा ल्याएको छ। उनले केही समयपछि भाँडा र हात सफा गर्ने झोल उत्पादन गर्ने तयारी गरिएको बताए।

images
images
images

उत्पादन गरिएको साबुन र सर्फ बिक्रीमा कुनै समस्या नरहेको विकले बताए। साबुन उद्योगबाट उत्पादन भएका साबुन र सर्फ यहाँका बजारमा बिक्री हुने गरेका छन्। एउटा साबुनलाई ४० रूपैयाँ र एक किलोग्रामको सर्फलाई एकसय रूपैयाँ मूल्य निर्धारण गरिएको छ। 

उनको उद्योगले अहिले तीन जनालाई रोजगारी पनि दिएको छ। उद्योगले सुरुवातमा कमाइ राम्रो गरेको र अहिलेसम्म उद्योगमार्फत नमूना उत्पादन भएको भन्दै सञ्चालक विकले भविष्यमा बजार व्यवस्थापन गर्न सकेको अवस्थामा कमाइसँगै कामदार थप्ने अपेक्षा लिएका छन्। साबुन उत्पादनका लागि कच्चा पदार्थ पकाउनका लागि कराइ र थप दुई मेसिन राखिएको छ। 

यस्तै सर्फ उत्पादनका लागि दुई मेसिन जडान गरिएको छ। साबुन उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ भने भारतबाट ल्याउने गरिएको छ। उनले कच्चा पदार्थ ल्याउँदा आफूले सास्ती खेप्नुपरेको अनुभव सुनाए।

त्यहाँ उत्पादन गरिएका सामान जिल्लाका अन्य बजारमा पनि बिक्री हुने गरेका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख १३ २०८००८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend