बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

२२ करोड लागतमा म्याग्दी नदीमा बन्याे दुईवटा मोटरेबल पुल

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १३ २०८०
images
images
२२ करोड लागतमा म्याग्दी नदीमा बन्याे दुईवटा मोटरेबल पुल
फाइल तस्बिर

पुल बनेसँगै म्याग्दी नदीबाट जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ।

images
images

म्याग्दी- मंगला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ। सडक डिभिजन कार्यालय बागलुङले मंगला-२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका-४ फापरखेतबाट मंगला गाउँपालिका-३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो। 

images
images
images

पुल बनेपछि जिल्लाको मुख्य बेनी-दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मंगला गाउँपालिकाका-३ का वडाध्यक्ष याम रोकाले बताए।

images
images

‘पखेरको पुलले जिल्ला सदरमुकाम बेनी र पोक-माटेबगरको पुलले गाउँपालिकाको केन्द्र बाबियाचौरलाई तीन वडासँग सिधा यातायात सम्पर्क स्थापित गरेको छ’, उनले भने, ‘घुमाउरो सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।’ 

images
images
images

बरंजाका बासिन्दालाई म्याग्दी नदी पारि रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनीबजार पुगेर ४० किलोमिटरभन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो। मंगला गाउँपालिकाको वडा नं ३ र ४ बरंजा तथा वडा नं ५ अर्मनका दुई हजार पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन्। मंगला गाउँपालिका-५ अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले औपचारिक हस्तान्तरण हुन बाँकी भए पनि पुलबाट यातायातका साधन आवतजावत भइरहेकाे बताए। 

‘म्याग्दी नदीबाट जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ’, उनले भने, ‘स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज निकासी, दैनिक उपभोग्य र खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ।’ भरियामार्फत झोलुंगे पुल तारेर सामान वारपार गराउनुपर्ने बाध्यता हटेको छ। अर्मन र बरंजामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयवासी यातायात सुविधाबाट वञ्चित थिए।

बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सहज भएको पखेरका बासिन्दा समबहादुर थापाले बताए। पुल बनेसँगै पखेरमा यसअघि प्रतिमिटर ४० हजार रूपैयाँका दरले बिक्री हुने घडेरीको मूल्य बढेर प्रतिमिटर दुई लाख रूपैयाँ पुगेको उनले बताए।

तीन पिलर भएको माटेबगर-पोक ८० र चार पिलर भएको फापरखेत-पखेर जोड्ने पुल एकसय १७ मिटर लामो छन्। दुईवटै पुल ११-११ मिटर फराकिला छन्। रङरोगन भइसकेको पुललाई जोड्ने पहुँचमार्गलाई अन्तिम रुप दिने काम भइरहेको छ। दुईवटै पुल निर्माणका लागि विसं २०७५ पुसमा लुम्बिनी-प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच २२ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। विसं २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य थियो। 

निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी पुल निर्माण सकिन लागेको हो। विसं २०७८ माघमा फापरखेत-पखेर पुल ढलानका क्रममा फर्मासँगै पुल दबेपछि विवाद र छानबिन गर्नुपर्दा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ। रासस


प्रकाशित : बुधबार, वैशाख १३ २०८००४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend