बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

किमाथाङ्‍का नाका बन्द भएपछि भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
images
images
किमाथाङ्‍का नाका बन्द भएपछि भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव

भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ। उत्पादित खाद्यान्नले अधिकांश स्थानीयवासीलाई तीन महिना मात्र खान पुग्ने गरेको छ।

images
images

किमाथाङ्‍का- सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्‍का नाका तीन वर्षअघि बन्द गरेको थियो। नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।

images
images
images

भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ। उत्पादित खाद्यान्नले अधिकांश स्थानीयवासीलाई तीन महिना मात्र खान पुग्ने गरेको छ।

images
images

सदरमुकाम खाँदबारीबाट किमाथाङ्‍का नाका करिब एक सय ६२ किलोमिटर टाढा पर्दछ। किमाथाङ्‍काका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए। त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरी खानेलाई मर्का परेको छ।

images
images
images

करिब छ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन। किमाथाङ्‍का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो। 

९१ घर परिवारलाई राहत वितरण

खाद्यान्न अभाव भएपछि कोशी प्रदेश सरकार र विभिन्न सङ्घ संस्थाको सहयोगमा वडा नम्बर १ र २ का ९१ परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए। खाद्यान्न अभाव भएका थुदाम, रिदाक र छुमुसुरका ९१ घर परिवारलाई राहत वितरण गरिएको उनको भनाइ छ। 

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रलयबाट ९० क्विन्टल चामल प्राप्त भएको थियो। हाइ हिमालयन एक्सपिपडिसन प्राइभेट लिमिटेडका मेनेजिङ डाइरेक्टर ज्याम्याङ सालाका भोटेले एक लाख २० हजार, द इस्ट फाउण्डेशन संस्थाबाट २० हजार र नेल्होस नेपाल संस्थाबाट ३० हजार सहयोग प्राप्त भएको अध्यक्ष भोटेले बताए। 

पालिका अध्यक्ष भोटेले उक्त क्षेत्रमा उत्पन्न भएको खाद्यान्न संकट समाधान गर्न थप राहतका लागि जिल्ला विपत् व्यवस्थापन समितिको सिफारिससहित पाँच सय क्विन्टल चामल कोशी प्रदेश सरकारसँग माग गरिएको जानकारी दिए। उनका अनुसार सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडमा पुर्‍याइने खाद्यान्न सामग्री अचाक्ली महँगो भएको छ। रासस 


प्रकाशित : मंगलबार, वैशाख १२ २०८०१३:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend