बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सिंगापुर र क्यानडा पठाइदिने भन्दै १५ लाख ठगी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
images
images
सिंगापुर र क्यानडा पठाइदिने भन्दै १५ लाख ठगी

कास्कीकी ३४ वर्षीया विपना कुँवर र झापाका ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको हो।

images
images

काठमाडौं- सिंगापुर र क्यानडा पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं बस्ने कास्कीकी ३४ वर्षीया विपना कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विपनाले वैदेशिक रोजगारीको लागि क्यानडा पठाई वयटरमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

images
images

यस्तै सिंगापुर पठाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी ६ लाख ५० हजार ठगी गर्ने झापाका ४१ वर्षीय ओमनाथ मैनालीलाई पनि प्रहरीले सोमबार काठमाडौंको बबरमहलबाट पक्राउ गरेको छ। 

images
images
images

गोकर्णश्वर जुम्बुडाँडाबाट पक्राउ परेकी विपना र काठमाडौं बस्दै आएका मैनाली दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख १२ २०८०१२:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend