शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

सुन्दर ट्रेडर्सले भित्र्यायो ईईभीईका स्कुटर

images
बिजनेस न्युज
images
images
सुन्दर ट्रेडर्सले भित्र्यायो ईईभीईका स्कुटर

यी स्कुटर एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म चल्न सक्छन्।

images
images

काठमाडौं- सुन्दर ट्रेडर्सले दुईपांग्रे विद्युतीय सवारी बजारमा ल्याएको छ। सुन्दरले बिहीबार भारतीय कम्पनी ईईभीईले उत्पादन गरेका पाँच वटा मोडल स्कुटर सार्वजनिक गरेको थियो। 

images
images
images

अटो इन्जिनियरिङको सहयोगमा यी विद्युतीय स्कुटर नेपाली बजारमा ल्याएको सुन्दलर ट्रेडर्सले जनाएको छ। मोबाइलबाट कन्ट्रोल गर्न सकिने, जीपीएस फिट भएको, चाँबी नचाहिने, यूएसबी पोर्ट, पार्किङ मोडलगायत विशेषता यी स्कुटरमा भएको कम्पनीले जनाएको छ। 

images

यी स्कुटर एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म चल्न सक्छन्। स्कुटर सार्वजनिक गर्न पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भास्करराज राजकर्णिकारले नेपालमा हाल खेर गइरहेको विद्युत उपयोग गर्नका लागि यस्ता विद्युतीय सवारीसाधनले महत्वपूर्ण भूमिका खेल्ने बताए।

images

स्कुटरको मूल्य नेपाली बजारमा १ लाख १७ हजारदेखि २ लाख २४ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ। यी स्कुटमा ५ वर्ष वारेन्टी उपलब्ध गराएकाे छ।

images
images

ईईभीई स्कुटर सोरुम धुम्बाराही र थापाथलीमा खोलिएका छन्। यो स्कुटर चार्ज गर्न धुम्बाराहीमा चार्जिङ स्टेसन समेत बनाइएको छ। योसँगै कम्पनीले पोखरा, धुलिखेल, चितवन, नौबिसेलगायत काठमाडौंका ११ ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ। 

images

प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०६:४६
प्रतिक्रिया दिनुहोस