बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

काठमाडौं महानगरले सुरु गर्‍यो ‘शिक्षामा सीप’ कार्यक्रम, पाककला र फेसन डिजाइनलगायत १० क्षेत्र निर्धारण

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
images
images
काठमाडौं महानगरले सुरु गर्‍यो ‘शिक्षामा सीप’ कार्यक्रम, पाककला र फेसन डिजाइनलगायत १० क्षेत्र निर्धारण
images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले 'पुस्तकविहिन शुक्रबार, शिक्षामा सीप' कार्यक्रम थालनी गरेको छ।

images
images
images

आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले १० विधाका सीपहरुको संकेत चिन्ह सार्वजनिक गर्दै कार्यक्रम थालनी गरेका हुन्। शुभारम्भको पहिलो चरणमा तालिम कार्यक्रम कक्षा ९ सञ्चालन भएका ५६ वटा विद्यालयमा चल्नेछन्। यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ। 

images
images

शुभारम्भ कार्यक्रममा नेपालको शिक्षा प्रणाली र विकासक्रमको प्रसंग उल्लेख गर्दै प्रमुख शाहले गुरुकुल र मध्यकालको औपचारिक शिक्षामा व्यवहारिक र व्यावसायिक शिक्षा शिक्षण हुने गरेको बताए। ‘हामीले आफ्नो परम्परा छोडेर, अरुको शैक्षिक पद्धति पछ्याउन थाल्यौँ', उनले भने, 'यसरी ग्रहण गरिएको शिक्षामा न अन्तर्राष्ट्रियस्तरको मापदण्ड कार्यान्वयनमा ल्याउन सक्यौँ, न परम्पराका राम्रा पक्षलाई जोगाउन सक्यौँ।’

images
images
images

महानगरले कार्यान्वयनमा ल्याएको कार्यक्रमका विषयमा जानकारी दिँदै उनले भने, ‘सीप सिक्दा जीवनका लागि चाहिने क्षमता विकास हुन्छ। सीप भनेको विज्ञान र कला हो। पढाइसँगै बालबालिका सीपमा अभ्यस्त भए भने बालबालिका व्यस्त रहन्छन्। यसले उनीहरुलाई विकृतिमा लाग्ने जोखिमबाट बचाउँछ।’

महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालका अनुसार शैक्षिक सत्र २०८० देखि काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ देखि १२) सम्म ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गरेको हो।

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तिमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको हो। तालिम सञ्चालन गर्न चालु आर्थिक वर्ष २०७९∕०८० को स्वीकृत वार्षिक कार्यक्रममा बजेटको व्यवस्था गरिएको छ। 

शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एण्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिनेछ। 

सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेर मान्यता प्राप्त संस्था/निकायबाट प्रशिक्षण प्रशिक्षक तालिम लिएका व्यक्ति तालिमका प्रशिक्षक हुनेछन्। तालिम सञ्चालनका लागि शिक्षा अधिकारीको अध्यक्षतामा ‘छोटो अवधिको सीपमूलक तालिम सञ्चालन तथा व्यवस्थापन समिति’ समेत गठन गरिएको छ।


प्रकाशित : मंगलबार, वैशाख १२ २०८०११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend