शनिबार, साउन १२ गते २०८१    
images
images
images

भ्रष्ट कर्मचारीहरूविरुद्ध उजुरी लिएर अख्तियार पुगे बालेन

images
मंगलबार, वैशाख १२ २०८०
images
images
भ्रष्ट कर्मचारीहरूविरुद्ध उजुरी लिएर अख्तियार पुगे बालेन

विवरण भराएपछि बयान लिने काम पनि हुनेछ। विवरणमा शंकास्पद देखिएमा अख्तियारले कर्मचारीहरूलाई बयानका लागि बोलाउने गर्छ। 

images

काठमाडौं- काठमाडौं महानगरपालिकामा कार्यरत केही कर्मचारी भ्रष्टाचारमा लागेको भन्दै उजुरी लिएर महानगर प्रमुख बालेन शाह नै अख्तियार पुगेका छन्। महानगरको काम कारबाहीमा कानूनसम्मत काम नगरी भ्रष्टाचारमा लागेको भन्दै शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मौखिक उजुरी दिएका हुन्। 

images
images

अकुत सम्पत्ति कमाएको र भ्रष्‍टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले महानगरका कर्मचारीलाई फारम भराएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा विभिन्न पदमा कार्यरत ३२ जना कर्मचारीलाई व्यक्तिगत तथा पारिवारिक सम्पत्ति विवरण फारम भराएको हो। अख्तियार स्रोतका अनुसार सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखाले सम्बन्धित आयुक्तको प्रत्यक्ष रेखदेखमा महानगरका कर्मचारीउपरको छानबिन अघि बढाइरहेको छ।

कर्मचारीको व्यक्तिगत तथा पारिवारिक विवरण, अचल सम्पतिको विवरण, चल सम्पतिको विवरण जसमा बैंक तथा वित्तीय संस्थामा रहेको सेयरहरूको विवरण साथै लकरको विवरण भराइरहेको छ। आफ्नो खाता नम्बर र त्यसमा रहेको रकमको विवरणसमेत भर्नुपर्नेछ। साथै सुन चाँदीको विवरण उक्त सम्पत्ति प्राप्त गरेको मिति र मूल्य, एकाघर सगोलमा बसेको परिवार भएको खण्डमा परिवारका सदस्यको पेशा र उनीहरुको मासिक तलब स्केलसमेत भराइरहेको हो।

images

लामो समयदेखि महानगरको लेखा, खरिद तथा आम्दानी सम्बन्धित महाशाखामा कार्यरत कर्मचारीको सम्पत्ति छानबिनका लागि महानगरका प्रमुख आफैले सिकायत गरेका हुन्। 

अख्तियार स्रोतका अनुसार महानगरकै सिकायतमा अहिले छानबिन भइरहेको छ। अख्तियारले कर्मचारीहरूलाई व्यक्तिगत रुपमा पत्र पठाउने काम गरिरहेको छ। 

'सामान्य उजुरी आउँदा पनि हामीले छानबिन त गरिरहेका हुन्छौँ। महानगरको केसमा भने अहिले त्यहीँको राजनीतिक नेतृत्वबाट सिकायत आएको छ। सोही आधारमा अहिले विवरण भराउने काम भइरहेको छ' अख्तियार स्रोतले भन्यो। 

विवरण भराएपछि बयान लिने काम पनि हुनेछ। विवरणमा शंकास्पद देखिएमा अख्तियारले कर्मचारीहरूलाई बयानका लागि बोलाउने गर्छ। अहिलेसम्म भएको आम्दानी, खर्चको विवरणमा अवैध सम्पत्तिको आशंका हुनेवित्तिकै आयोगले बयान लिनसक्छ। 


प्रकाशित : मंगलबार, वैशाख १२ २०८०११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend