बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

चन्द्रनगरले सुरु गर्‍यो लालपुर्जा वितरण 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
images
images
चन्द्रनगरले सुरु गर्‍यो लालपुर्जा वितरण 

वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुवात गरिएको नापी कार्यालयका प्रमुख सञ्जय मानन्धरले जानकारी दिए।

images
images

सर्लाही- सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ।

images
images
images

चन्द्रनगर गाउँपालिका-४ स्थित गढाटोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।

images
images

वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुवात गरिएको नापी कार्यालयका प्रमुख सञ्जय मानन्धरले जानकारी दिए। उनका अनुसार पुस्तौँ पुस्तादेखि जोतभोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको छ।

images
images
images

'पुस्तौँदेखि जोतभोग गरिरहेको जमिनको पहिलोपटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूलाई निकै खुसी लागेको छ', स्थानीयवासी नागेन्द्र महराले भने, 'आफ्नो पिता पुर्खादेखि लालपुर्जा नहुँदा धेरै दुःख पाइया थियो। बल्ल अहिले आफूले जोत भोग गरेको जमिनको जग्गाधनी पुर्जा प्राप्त भयो।'

वर्षौं वर्षदेखि आफूहरू जग्गा भएर पनि जग्गाविहीन भएर बस्न बाध्य भएकामा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसी लागेको अर्का स्थानीयवासी संझादेवी माझीले बताइन्। रासस


प्रकाशित : मंगलबार, वैशाख १२ २०८०११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend