बिहीबार , वैशाख १३ गते २०८१    
images
images

५० लाख लागतमा पतवारीमा बन्यो कृषि उपज संकलन तथा बिक्री केन्द्र, किसानलाई सहज

images
बिजनेस न्युज
images
images
५० लाख लागतमा पतवारीमा बन्यो कृषि उपज संकलन तथा बिक्री केन्द्र, किसानलाई सहज

कृषकहरुलाई सहजतासँगै प्रोत्साहनस्वरुप कृषहरुको घरदेखि संकलन केन्द्रसम्म निःशुल्क ढुवानी सेवासमेत नगरपालिकाले प्रदान गरेको छ।

images
images

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-१ पतवारीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै कृषकहरु लाभान्वित भएका छन्। 

images
images
images

गाउँमा नै कृषि उपज संकलन केन्द्र स्थापना भएपछि स्थानीय कृषकहरुलाई कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज भएको हो। विगत २० वर्षदेखि तरकारी खेती गर्दै आएको स्थानीय रंगमाया महतोले वर्षौँदेखि बजारीकरणमा भएको समस्या अहिले सुल्झिएको भन्दै खुसी व्यक्त गरिन्।

images

'पहिले हामीले उत्पादन गरेका तरकारीले भाउ पाउनै गाह्रो थियो, घाटा भए पनि व्यापारीलाई दिनुपर्ने अवस्था थियो', कृषक महतोले भनिन्, 'अहिले नगरपालिकाले निःशुल्क संकलन केन्द्रसम्म ढुवानी गरिदिन्छ अनि बजार मूल्यअनुसार बिक्री गर्न पाएका छौँ ।'

images

सुरुवाती चरणमा मध्यविन्दु नगरपालिका-१ का करिब १० वटा कृषि समूहबाट सञ्चालन गरिएको यस केन्द्रको अहिले सेवा विस्तार भएको छ। हिजोआज यस केन्द्रमा नगरपालिकाका विभिन्न वडाहरुसँगै छिमेकी स्थानीय तहहरुका कृषकहरुले समेत लाभ लिइरहेको संकलन केन्द्रका व्यवस्थापक शान्ति गुरौले बताइन्।

images
images

उत्पादित नगदेबाली, बेमौसमी तरकारी खेती, अन्नबाली लगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजनाका साथ संकलन केन्द्र सञ्चालन गरिएको मध्यविन्दु नगरपालिका-१ का वडाअध्यक्ष तिलकराम न्यौपानेले बताए।

'तरकारी खेतीमा संलग्न किसानलाई सहजता प्रदान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, युएनडिपी, मध्यविन्दु नगरपालिका लगायतको करिब ५० लाखको लगानीमा कृषि उपज संकलन केन्द्र स्थापना गरिएको हो', उनले भने।

विगत ३ वर्ष अगाडि स्थापना भएको भवन विभिन्न कारणले सञ्चालन हुन नसकेको अवस्थामा अहिले भने यहाँबाट किसानले सेवा लिन थालेका छन्। बजारीकरणको समस्यासँगै उचित मूल्य नपाएका किसानहरुलाई अब यस केन्द्रबाट सेवा विस्तार भएसँगै कतैबाट किसान ठगिन नपर्ने संकलन केन्द्रका अध्यक्ष हिमबहादुर केसीले बताए।

कृषकहरुलाई सहजतासँगै प्रोत्साहनस्वरुप कृषहरुको घरदेखि संकलन केन्द्रसम्म निःशुल्क ढुवानी सेवासमेत नगरपालिकाले प्रदान गरेको छ। जसले गर्दा कृषकहरुलाई अझ सहजता भएको कृषक डोरबहादुर महतोले बताए।

तरकारी उत्पादन भए पनि विगतमा बजार नपाउँदा तरकारी खेतमा कुहिने गरेको बजार व्यवस्थापन समितिका संयोजक आन्नदराम भुसालले बताए। 'तरकारी संकलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए', भुसालले भने, 'संकलन केन्द्र स्थापनासँगै यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी स्थानीय बजारदेखि नारायणघाट हुँदै काठमाडौं, पोखरासम्म पुग्न थालेको छ।'

जिल्लाको पतवारी, कोल्हुवा, नारायणी क्षेत्र तरकारी र फलफूल उत्पादनको हिसाबले उर्वरभूमि मानिन्छ। भूमिगत सिँचाइको सुविधा भएको यस क्षेत्रका अधिकांश कृषकहरु तरकारी खेतीमा आबद्ध रहेका छन्। यस क्षेत्रको अभिवन, गुडचरी, पतवारी, लेढा र ब्रह्मस्थान लगायतका ठाउँमा तरकारी र फलफूल प्रशस्तै उत्पादन हुने गर्छ। रासस

images

प्रकाशित : मंगलबार, वैशाख १२ २०८००७:५५
प्रतिक्रिया दिनुहोस