काठमाडौं- नेपाल नोट छाप्ने टेन्डरमा १० विदेशी कम्पनीले सहभागिता जनाउन पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले नोट छपाइको टेन्डरमा सहभागी हुन पाउने योग्य कम्पनीका लागि आव्हान गरेको सूचनामा १० कम्पनी छनौट भएका छन्।
ब्राजिल, चीन, स्वीडेन, बेलायत, जर्मनी, रसिया, दक्षिण कोरिया, फ्रान्स, स्विट्जरल्यान्ड र भारतको स्क्युरिटी प्रेस छनौट भएका छन्।
यी दश कम्पनीले नोट छपाइको टेन्डरमा प्रतिस्पर्धा गर्न पाउने छन्।