बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
images
images
विदेश निर्यात हुने मूलको पानीको गुणस्तर  मापदण्ड पारित

मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ।

images
images

काठमाडौं- गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ।

images
images
images

नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको  बैठकले पारित गरेको हो।

images
images

विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ। मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ। परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिइन्।

images
images
images

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्‌मा पठाउने गर्दछ। परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ।

विभागका महानिर्देशक दीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्‌मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताए।

विभागको प्राविधिक परिषद्ले धेरै वस्तुको गुणस्तर पारित गरे पनि नेपाल गुणस्तर परिषद्को बैठक समयमा बस्न नसक्दा कतिपय गुणस्तर पारित हुन सकेका छैनन्।

पानीको गुणस्तर मापदण्ड पारित भएसँगै अब मूलको पानीको विदेश निर्यात हुने र विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ। नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/७९ मा १५  गुणस्तर पारित गरेको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख १२ २०८००५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend