बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

गन्तव्यतर्फ सुरक्षित उडानमै फ्लाइ दुबईको जहाज, के भएको थियो?

images
सोमबार, वैशाख ११ २०८०
images
images
गन्तव्यतर्फ सुरक्षित उडानमै फ्लाइ दुबईको जहाज, के भएको थियो?

फ्लाइ दुबईको बोइङ ७३७ जहाज त्यसपछि भने नियमित रुटमा फर्कियो र अहिले सुरक्षित गन्तव्यतर्फ गइसकेको छ। टेकअफको समयमा इन्जिनमा केही इस्यु देखिएपनि त्यो सबै समाधान भएरै जहाज उडेको छ। 

images
images

काठमाडौं- सोमबार राति साढे ९ बजे काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजले एकछिन सिंगो काठमाडौंलाई त्रसित बनाइदियो।

images
images
images

विमानस्थलबाट जहाज उड्नेवित्तिकै ठूलो आवाजसँगै आगो देखिएको विमानस्थल नजिक बस्नेहरूले  खिचेको भिडियोमा पनि देखिन्छ। जहाजमा आगो बलिरहेको र ठूलो आजाव पनि आएको थियो। 

images
images

सामाजिक सञ्जालमा छाएका त्यस्ता दृष्यले सबैलाई त्रसित बनाइदियो। उक्त जहाज करिब आधा घण्टासम्म काठमाडौं विमानस्थलकै पेरिफेरिमा घुमिरह्यो। र विमानस्थलले अरु जहाजलाई होल्ड गर्‍यो। 

images
images
images

फ्लाइ दुबईको बोइङ ७३७ जहाज त्यसपछि भने नियमित रुटमा फर्कियो र अहिले सुरक्षित रूपमा गन्तव्यतर्फ गइसकेको छ। टेकअफको समयमा इन्जिनमा केही इस्यु देखिएपनि त्यो सबै समाधान भएरै जहाज उडेको हो। 

आखिर त्यत्रो देखिएको आगाो कसरी आकाशमै नियन्त्रण भयो भन्ने आम जिज्ञासा रहेको छ। तर यसका बारेमा प्राविधिक अध्ययन तथा छानबीन त बाँकी नै छ। यद्यपि जहाजसँग कुनै पनि अब्जेक्टको सम्पर्क हुँदा आएको आवाज र आगो देखिएको र सबैको कम्युनिकेसनबाट समस्या नदेखिएपछि नियमित रुटमा जहाज गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। 

'नेपालको टावर, जहाजको ककपिट र भारतीय टावरहरूबीचको आपसी सञ्चारबाट जहाज सुरक्षित जानसक्ने अवस्था रहेको पुष्टी भयो। त्यही भएर अहिले जहाज गन्तव्यतर्फ गइरहेको छ। कुनै पनि समस्या छैन' अधिकारीले भने। 

जहाजको इन्जिनमा आगो देखिन सक्ने विभिन्न कारणहरू हुन्छन् र त्यस्तो आगोलाई नियन्त्रण पनि गर्न सकिन्छ। इन्जिनियर तथा पाइलटहरूका अनुसार इन्जिनसँग कुनै अब्जेक्ट जस्तै चरा ठोक्किँदा पनि यस्तो हुनसक्छ।

जब इन्जिनमा त्यस्तो वस्तुको टक्कर  हुन्छ त्यस्तोमा फ्लेमआउट हुन्छ। त्यस्तो अवस्थामा ककपिटमा इन्डिकेसन जान्छ र पाइलटले इन्जिन बन्द गराइदिन सक्छ। त्यसपछि त्यो आगोको लप्का बन्द हुन्छ र इन्जिन रिराइट गराइन्छ। यदि इन्जिन रिराइट भएको अवस्थामा जहाज सकुशल उड्नसक्छ। 

'यो जहाजको पनि यस्तै भएको हुनसक्छ' एक पाइलटले भने। 

जहाजमा चालक दलका सदस्यसहित १७५ जना सवार रहेका छन्।

सुरुमा आपतकालीन घोषणा गरेपनि पछि नर्मल भएको घोषणा गरेसँगै जहाज नियमित उडानमै गएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए। 


प्रकाशित : सोमबार, वैशाख ११ २०८०१६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend