काठमाडौं- उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गएको आर्थिक वर्षको नाफाबाट ३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिले सेयरधनीलाई गएको वर्षको वितरणयोग्य नाफाबाट ३२ प्रतिशत सेयर लाभांश दिने निर्णय गरेको छ।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि लागू हुनेछ।