शुक्रबार, असोज ४ गते २०८१    
images
images

तीन दलका शीर्ष नेताको छलफल : मिल्यो संसदीय समितिको भागबन्डा

images
सोमबार, वैशाख ११ २०८०
images
images
तीन दलका शीर्ष नेताको छलफल : मिल्यो संसदीय समितिको भागबन्डा

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

images
images

काठमाडौं- प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि संसदीय समितिको भागबन्डा मिलेको छ। 

images
images
images

जसमा नेकपा एमालेले तीनवटा समितिको सभापति लिने सहमति भएको हो। प्रतिनिधि सभाको १० र दुईवटा संयुक्त समितिमध्ये एमालेले सार्वजनिक लेखासहित दुई वटा समितिको सभापति पाउनेछ।

संयुक्त समितिमध्ये राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति एमालेले लिने पक्का भएको छ।  

संयुक्त समितिमध्ये संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले लिने सहमति भएको छ। 

images

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए। 

कुन कुन छन् समिति?

१) अर्थ समिति

२) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

३) उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

४) कानून, न्याय तथा मानव अधिकार समिति

५) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

६) महिला तथा सामाजिक मामिला समिति

७) राज्य व्यवस्था तथा सुशासन समिति

८) पूर्वाधार विकास समिति

९) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

१०) सार्वजनिक लेखा समिति

११) संसदीय सुनुवाइ समिति (संयुक्त)

१२) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)


प्रकाशित : सोमबार, वैशाख ११ २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend