शुक्रबार, असोज ४ गते २०८१    
images
images

जहाँ बस्ती छ त्यहीँबाट डढेलो : लगाएको कि लागेको? 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
images
images
जहाँ बस्ती छ त्यहीँबाट डढेलो : लगाएको कि लागेको? 
फाइल तस्बिर

डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्छ। मानिसले नै जथाभाबी रुपमा डढेलो लगाइरहेको पाइएको तनहुँ डिभिजन वन कार्यालय प्रमुख कोमलराज काफ्लेले बताए।

images
images

दमौली- गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ। जहाँ मानिसको बस्ती छ त्यहीँबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ।

images
images
images

जिल्लाको व्यास नगरपालिका, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको उक्त कार्यालयका प्रमुख कोमलराज काफ्ले बताउँछन्। 'जहाँ जहाँ वनमा डढेलो लागेको छ, त्यो डढेलो बस्ती भएको ठाउँबाटै सुरु भएको देखिन्छ', उनी भन्छन्, 'यसको अर्थ मानिसले जथाभाबी रुपमा डढेलो लगाइरहेका छन्।'

उनले सचेत गराए पनि नियन्त्रण गर्न नसकिएको बताए। 'डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै  प्रचारप्रसार गरिए पनि नियन्त्रण गर्न सकिएको छैन। यसका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासंघलगायतलाई पनि आग्रह गर्दै आएका छौँ, तर स्वयं व्यक्ति सचेत नभएसम्म पूर्णरुपमा रोकथाम गर्न सकिँदैन,' कार्यालय प्रमुख काफ्ले भन्छन्, 'सर्वसाधारणले घर नजिकैको पातपतिंगर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा पनि सल्किने गरेको छ।' 

मानिसहरुले घर नजिकैको स्थानमा गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै आगो लगाइदिने गरेका छन्। सोही आगो नजिकैको वनमा सल्किँदा डढेलोको रुप लिने गरेको छ। जिल्लामा त्यति ठूलोरुपमा डढेलो नलागे पनि फाट्टफुट्ट रूपमा आगो लाग्ने क्रम जारी छ। वन कार्यालयका कर्मचारीले आगो लगाउँदै गरेको अवस्थामा केही व्यक्तिलाई भेटेर सम्झाउँदै पनि आएका छन्। 

images

'दुई दिन पहिला एक ८१ वर्षीय वृद्धले घर नजिकै पातपतिंगर जलाउँदै गरेको भेट्यौँ र उहाँलाई तत्कालै सम्झायौँ,' उनी भन्छन्, 'वनको डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्छ।'

वन डढेलोले तापक्रम बढाउनुका साथै वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्नाका साथै माटो नांगो र कमजोर बनाइ भलको बहाव र गति बढाएर भूक्षय, बाढिपहिरो, डुबानजस्ता प्रकोप भएर धन,जन र सम्पदामा पनि क्षति पुर्‍याउँछ। 

वन कार्यालयले जिल्लाका आठ वटै सवडिभिजनमार्फत् सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ। जिल्लाका दशवटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, छ धार्मिक वन छन्। रासस


प्रकाशित : सोमबार, वैशाख ११ २०८००९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend