काठमाडौं- साताको अन्तिम दिन सुनको मूल्य तोलामा ४ यस रुपैयाँले घटेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुन ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबारका लागि ९२ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ। बिहीबार १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि १२ सय ४५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।