शुक्रबार, असोज ४ गते २०८१    
images
images

विराटनगरमा ५ अर्बको लगानीमा २५ तले व्यापारिक भवन बन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
images
images
विराटनगरमा ५ अर्बको लगानीमा २५ तले व्यापारिक भवन बन्दै

परियोजनाको काम आगामी तीन महिनाभित्र सुरु गरिने बताइएको छ। स्वदेशी लगानीकर्ताको लगानीमा बन्ने उक्त भवन निर्माण हुने भएको छ।

images
images

विराटनगर- विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ।

images
images
images

विराटनगर-९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ। विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ। नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की, विराटनगरका नगर प्रमुख भीम पराजुली, उपउपप्रमुख इन्दिरा कार्की, वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतलगायतको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

परियोजनाको काम आगामी तीन महिनाभित्र सुरु गरिने बताइएको छ। स्वदेशी लगानीकर्ताको लगानीमा बन्ने उक्त भवन निर्माण हुने भएको छ। प्रमुख सचेतक कार्कीले प्रदेशको भवन निर्माणबाट राजधानीका रूपमा रहेको यस सहर आर्थिकरूपमा सवल बन्ने विश्वास व्यक्त गर्नुभयो। विराटनगर महानगरका प्रमुख पराजुलीले नगरवासीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै भवन निर्माणबाट सहर थप गतिशीलरूपमा स्थापित हुने विचार राखे।

उक्त भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्यले कार्य गरिने भएको छ भने नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली-२०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही निर्माण सम्पन्न गरिने भएको छ। रासस

images


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend