शुक्रबार, असोज ४ गते २०८१    
images
images

४ अर्बको रासायनिक मल खरिद गर्दै सरकार

images
सोमबार, वैशाख ११ २०८०
images
images
४ अर्बको रासायनिक मल खरिद गर्दै सरकार

सरकारले ४ अर्बको रासायनिक मल खरिद गर्ने भएको छ। कृषि सामाग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी मल खरिदका लागि कम्पनी छनोट गरेको हो। 

images
images

काठमाडौं- सरकारले ४ अर्बको रासायनिक मल खरिद गर्ने भएको छ। मल खरिदका लागि कृषि सामाग्री कम्पनी लिमिटेडले कम्पनी छनोट गरेको छ।

images
images
images

कम्पनीले ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी मल खरिदका लागि कम्पनी छनोट गरेको हो। 

लिमिटेडले स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेजसँग प्रति मेट्रिक टन ४ सय २५ डलरमा ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न लागेको हो।

लिमिटेडले नेपाल राष्ट्र बैंकले सोमबारमा लागि तोकेको १ डलर बराबर १३१ रुपैयाँ ६५ पैसाको दर १ अर्ब ६७ करोड ८५ लाख ३७ हजार ५ सय रुपैयाँको युरिया मल खरिद गर्न लागेको हो। लिमिटेडले १ करोड २७ लाख ५० हजार डलरको युरिया मल खरिद गर्न लागेको हो।

images

यसैगरी लिमिटेडले २ अर्ब २८ करोड २० लाख ८६ हजार ९ सय २५ रुपैयाँमा २५ हजार मेट्रिक टन डीएपी मल खरिदका लागि कम्पनी छनोट गरेको हो। लिमिटेडले प्रतिमेट्रिक टन ६९३.३८ डलरमा कुल १ करोड ७३ लाख ३४ हजार ५ सय डलरमा डिएपी मल खरिदका लागि कमोडिटी फस्ट यूएई छनोट गरेको हो।


प्रकाशित : सोमबार, वैशाख ११ २०८००४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend