शुक्रबार, असोज ४ गते २०८१    
images
images

हुम्लामा खाद्यान्न मौज्दात न्यून, आपूर्तीकर्ताले गरेनन् समयमै खाद्यान्न ढुवानी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
images
images
हुम्लामा खाद्यान्न मौज्दात न्यून, आपूर्तीकर्ताले गरेनन् समयमै खाद्यान्न ढुवानी

नेपालगञ्जबाट हवाईमार्ग हुँदै ढुवानी भएर आउनुपर्ने चार हजार क्विन्टल खाद्यान्नमध्ये हालसम्म तीन हजार ५७९ दशमलव ८० क्विन्टल मात्र ढुवानी भएको छ। 

images
images

हुम्ला- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात कम हुँदै गएपछि बिक्रीमा समस्या भएको छ।

images
images
images

चालुु आर्थिक वर्षका लागि हवाई तथा पैदलमार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका निजी विमान कम्पनी र पैदलमार्गबाट ढुवानीको जिम्मा पाएका आपूर्तीकर्ताले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो। 

हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले हाल गोदाममा खाद्यान्न मौज्दात न्यून रहेका कारण बिक्री गर्न समस्या भएको बताए। नेपालगञ्जबाट हवाईमार्ग हुँदै ढुवानी भएर आउनुपर्ने चार हजार क्विन्टल खाद्यान्नमध्ये हालसम्म तीन हजार ५७९ दशमलव ८० क्विन्टल मात्र ढुवानी भएको छ।

सुर्खेतबाट छ हजार क्विन्टलमा पाँच हजार १४३ दशमलव ४० क्विन्टल ढुवानी भएको छ। आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदा नेपालगञ्जबाट ४२० दशमलव २० क्विन्टल र सुुर्खेतबाट ८५६ दशमलव ६० क्विन्टल खाद्यान्न ढुवानी हुन बाँकी छ। उनले निजी विमान कम्पनीले समयमै खाद्यान्न ढुवानीको काम नगर्दा जिल्लामा समस्या भएको बताए।

images

त्यसैगरी शाखाकै लागि पैदलमार्गबाट राजापुरबाट एक हजार क्विन्टलमा हालसम्म ५०१ क्विन्टल सुर्खेतबाट एक हजार क्विन्टलमा ५०७ दशमलव ६० क्विन्टल, नेपालगञ्जबाट एक हजार क्विन्टलमा ३६० दशमलव ६० क्विन्टल र धनगढीबाट एक हजार क्विन्टलमध्ये ३५२ क्विन्टल खाद्यान्न मात्र ढुवानी भएको छ। 

पैदलमार्गबाट चार हजार क्विन्टल खाद्यन्नमध्ये चैत महिनासम्म एक हजार ६२१ दशमलव दुुई क्विन्टल मात्र ढुवानी भएको छ। अझै पैदलमार्गबाट दुुई हजार २७८ दशमलव ८० क्विन्टल ढुवानी हुन बाँकी रहेको छ। ढुवानी गर्न बाँकी रहेको खाद्यान्न ढुवानीका लागि शाखाले पत्र काटेर ताकेता गर्दा ढुवानी हुन नसकेको बताइएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १० २०८०१२:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend