बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सूचकमा अब्बल देखिएका नबिल र एनआईसी एसिया बैंक, कुनको सूचक कस्तो?

सोमबार, वैशाख ११ २०८०
सूचकमा अब्बल देखिएका नबिल र एनआईसी एसिया बैंक, कुनको सूचक कस्तो?

काठमाडौं- वाणिज्य बैंकहरूले ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। २१ बैंकमध्ये नाफामा नबिल पहिलो र एनआईसी एसिया बैंक दोस्रोमा छ। दुबै बैंक दोस्रो बजारमा पनि महँगोमा किनबेच हुने कम्पनीमा पर्छन्। 

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५ अर्ब ११ करोड नाफा गर्दा एनआईसी एसियाले ४ अर्ब १ अर्ब नाफा कमाएको छ। तर अन्य सूचकमा भने दुवै बैंक अब्बल देखिएका छन्। नविल बैंकको दोस्रो बजारमा ६०९ रुपैयाँमा कारोबार भइरहेको छ भने एनआईसी एसियाको ७२३ रुपैयाँमा कारोबार भइरहेको छ। 

कुनको सूचक कस्तो ?

एनआईसी एसिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ भने नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ०५ करोड रहेको छ। एनआईसी एसिया बैंकले विगत दुई आर्थिक वर्ष देखि लाभांश दिएको छैन।

वितरणयोग्य नाफाः  एनआईसी एसिया बैंक अघि छ। एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ३ अर्ब ०२ करोड रहेको छ भने नबिल बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड रहेको छ।

जगेडा कोषको आधारमाः जगेडा कोषलाई हेर्ने हो भने नबिल बैंकको बढी छ। नबिल बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड रहेको छ भने एनआईसी एसिया बैंकको जगेडा कोषमा १४ अर्ब १९ करोड रहेको छ।

निक्षेप र कर्जाको आधारमाः एनआईसी एसिया बैंकले ३ खर्ब १४ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेको छ भने नबिल बैंकले ३ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी ३  खर्ब २३ अर्ब कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीको आधारमा : चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकले ९ अर्ब २१ करोड खुद ब्याज आम्दानी गरेकोमा नबिल बैंकले १२ अर्ब १० करोड खुद ब्याज आम्दानी गरेको छ।

खुद मुनाफा : तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले ४ अर्ब ०१ करोड खुद नाफा गरेकोमा नबिल बैंकले ५ अर्ब ११ करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : एनआईसी एशिया बैंकको किताबी मूल्य २४८ रुपैयाँ ८८ पैसा छ भने नबिल बैंकको किताबी मूल्य २०१ रुपैयाँ ०७ पैसा छ।

वार्षिक प्रति सेयर आम्दानी :  वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४६ रुपैयाँ छ भने नबिल बैंकको वार्षिक प्रति शेयर आम्दानी २५  रुपैयाँ छ।

खराब कर्जा :  एनआईसी एसिया बैंकको खराब कर्जा शुन्य दशमलव ८५  प्रतिशत रहेकोमा नबिल बैंकको ३ दशमलव ८७ प्रतिशत छ।

मूल्य आम्दानी अनुपात : बैशाख ७ गतेको बजार मूल्य अनुसार एनआईसी एसिया बैंकको मूल्य आम्दानी अनुपात १५ गुणा रहेको छ भने नबिल बैंकको २४ गुणा रहेको छ।


प्रकाशित : सोमबार, वैशाख ११ २०८००३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend