बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

किमाथांका नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
images
images
किमाथांका नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्रीलाई आग्रह
images
images

काठमाडौं- चीनसँग जोडिएको किमाथांका नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्री समक्ष आग्रह गरिएको छ।

images
images
images

नेपाली कांग्रेस संखुवासभाका सभापति एवम् प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई भेटेर किमाथांका नाका चाँडो सञ्चालनका लागि उच्चस्तरिय कूटनीतिक पहल गर्न आग्रह गरेको हो। भेटमा सांसद खड्काले कोरोना महामारीबाट रोकिएको किमाथांका नाकालाई दोहोर रुपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि सरकारले उच्चस्तरिय कूटनीतिक पहल गर्न आग्रह गरे।

images
images

'संखुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथांका पुग्न झण्डै सात दिन लाग्छ, बर्खाको समयमा खाद्यान्न लैजानसमेत समस्या हुन्छ, चीनबाट खाद्यान्न ल्याएर जीवननिर्वाह गर्नुपर्ने भएकाले त्यहाँका जनतालाई भोकमरी लाग्ने अवस्था सिर्जना नहोस् भन्नका लागि तत्काल नाका सञ्चालनका लागि आग्रह गर्दछु', सांसद खड्काले भने।

images
images
images

पूर्व राज्यमन्त्रीसमेत भइसकेका सांसद खड्काले किमाथांका नाका सञ्चालनमा आएमा कोशी प्रदेशले नै लाभ लिनसक्ने भएकाले यसलाई विशेष चासो दिनुपर्ने बताए। संखुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले किमाथांका नाका सञ्चालन नहुँदा छ हजार जनसंख्या रहेको भोटखोला गाउँपालिकाका जनताले सास्ती खेप्नुपरेको बताए।

उनले देशको पूर्वी क्षेत्रको व्यापारका लागि महत्वपूर्ण नाकालाई यथाशीघ्र सञ्चालन गर्न मन्त्रीसमक्ष आग्रह गरे।

भेटमा परराष्ट्रमन्त्री साउदले सरकारले संखुवासभाको किमाथांका नाका सञ्चालन गर्न उच्च प्राथमिकता दिएको बताए। उनले दुईपक्षीय व्यापार सम्बन्धमा समेत यो नाकाले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै उक्त नाका चाँडो सञ्चालन गर्न आवश्यक पहल भइरहेको स्पष्ट पारे। रासस 


प्रकाशित : आइतबार, वैशाख १० २०८०११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend