बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

नेपालगञ्ज रंगशालाभित्र ११ करोड ६४ लाख लागतमा एथलेटिक्स सेन्थेटिक ट्रयाक बनाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
images
images
नेपालगञ्ज रंगशालाभित्र ११ करोड ६४ लाख लागतमा एथलेटिक्स सेन्थेटिक ट्रयाक बनाइँदै

एथ्लेटिक्स सेन्थेटिक ट्र्याक १० महिनामा सम्पन्न हुने बताइएको छ।

images
images

जानकी- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बाँकेको नेपालगञ्ज रंगशालामा प्रस्तावित भाडादरका विषयमा पुनःविचारका लागि प्रस्ताव राख्ने बताएका छन्।

images
images
images

आज नेपालगञ्ज रंगशाला एथलेटिक्स सेन्थेटिक ट्रयाक शिलान्यासमा उनले रंगशालाको परिचालन र व्यवस्थापन दुवै पक्षलाई मिलाएर लैजान आवश्यक भएको बताउँदै परिषद् बैठकमा भाडादरका विषयमा आफूले पुनःविचारका लागि प्रस्ताव राख्ने बताएका हुन्।

images
images

नेपालगञ्जमा रहेको रंगशालामा खेल अभ्यासका लागि मात्रै पनि तोकिएको भाडादर नै चर्को भएको प्रसंगमा उनले कुनै पनि ठाउँको रंगशालालाई निःशुल्क रुपमा प्रयोग गर्न नपाइने स्पष्ट पारे। 'धेरै लगानीमा रंगशाला निर्माण गरिएको हुन्छ। रंगशालामा लगाइएको घाँस, पानी लगायतका विषय सुरक्षाका दृष्टिकोणबाट ध्यान दिन आवश्यक हुन्छ', उनले भने, 'तर रंगशाला प्रयोगका लागि चर्को भाडाको विषयमा पुनःविचारको प्रस्तावलाई मैले परिषद्‌मा पेस गर्नेछु।'

images
images
images

सेन्थेटिक ट्र्याक निमार्णका लागि राखेपले प्रतिक्षा कन्ट्रक्सन प्रालिलाई जिम्मा दिएको छ। ११ करोड ६४ लाख ६४ हजार एकसय ४० रूपैयाँ लागतमा निर्माण हुन गइरहेको उक्त सेन्थेटिक ट्र्याक १० महिनामा सम्पन्न हुने राखेप सदस्य सचिव घिसिङले जानकारी दिए। खेल र खेलाडी दुवैलाई जोगाइराख्न खेलकुद विकास समितिले न्यूनतम भाडा लिनुपर्ने उनले बताए।

नेपालगञ्ज रंगशालाभित्रका संरचना प्रयोगविहीन बनिरहेको प्रसंगमा राखेप सदस्य सचिव घिसिङले स्थानीयस्तर र प्रादेशिकस्तरको खेलकुदका कार्यक्रम आयोजना लागि आफूले प्रदेश खेलकुद परिषद्‌लाई आग्रह गर्ने प्रतिबद्धता जनाए। यसका साथै उहाँले केन्द्रीयस्तरका प्रमुख खेललाई पनि नेपालगञ्जको रंगशालामा खेलाइनका लागि आफूले प्रयास गर्ने बताए।

लुम्बिनी प्रदेशका खेलाडी हरेक खेलमा अब्बल रहेको बताउँदै उनले खेल क्षेत्रमा लुम्बिनी प्रदेशले इतिहास रचेको पनि बताए। एथलेटिक्स खेलका लागि लुम्बिनी एउटा उर्वरभूमि भएको बताउँदै राखेप सदस्य सचिव घिसिङले यस प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन सकिने सम्भावना रहेको पनि बताए। रासस 


प्रकाशित : आइतबार, वैशाख १० २०८०११:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend