बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

बैशाख १८ गतेदेखि सञ्चालनमा आउँदै मौलाकाली केबलकार, प्रधानमन्त्रीले उद्घाटन गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
images
images
बैशाख १८ गतेदेखि सञ्चालनमा आउँदै मौलाकाली केबलकार, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ।

images
images

काठमाडौं- नवलपुरको गैडाकोट-१ मा निर्माण भएको मौलाकाली केबलकार बैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ। 

images
images
images

बैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन भइरहेको केबलकारको बैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ।

images
images

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो। गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन्। 

images
images
images

केबलकारमार्फत बटम स्टेसनबाट टप स्टेसनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ। केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ। 

केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, ब्यांक्वेट हल र रेष्टुरेन्ट सञ्चालनमा रहने छन्। केबलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ। आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाडौंको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ। 

यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रालिद्वारा प्रवर्द्धित अर्को केबलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ। उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला तथा नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन्।


प्रकाशित : आइतबार, वैशाख १० २०८०१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend