बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

पानी अभावले चुरेको डढेलो निभाउन मुस्किल 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
images
images
पानी अभावले चुरेको डढेलो निभाउन मुस्किल 
फाइल तस्बिर

चुरेमा दुई/तीन घण्टा पैदल जानुपर्ने र त्यहाँ पानीको समेत अभाव भएकाले डढेलो निकै चुनौतीपूर्ण रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए।

images
images

कञ्चनपुर- कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ। 

images
images
images

डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक विकटताका कारण चुरेक्षेत्रको डढेलो नियन्त्रण गर्न नसकिएको जानकारी दिए। 'विभिन्न क्षेत्रमा गरी एकसय दश हेक्टरमा डढेलो निभाइसकेका छौँ', उनले भने, 'चुरे क्षेत्रमा डढेलो नियन्त्रण गर्न चुनौतीपूर्ण छ जान सकिने अवस्था छैन।'

images
images

चुरेमा दुई/तीन घण्टा पैदल जानुपर्ने र त्यहाँ पानीको समेत अभाव भएकाले डढेलो निकै चुनौतीपूर्ण रहेको अवस्थीले बताए। 'हामी डढेलो नियन्त्रण गर्ने प्रयासमै छौँ', उनले भने, 'चुरे क्षेत्रको करिब ५० हेक्टरमा डढेलो लागेको छ।'

images
images
images

डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा अहिले डढेलो छ। यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिकाको उत्तरी क्षेत्र, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आइसकेको छ। डढेलोका कारण हालसम्म एक सय १० हेक्टर वनक्षेत्रमा असर परेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १० २०८०१०:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend