काठमाडौं- चन्द्रागिरि हिल्सले पहिलो ३ महिनामा ३ करोड लाख ८७ लाख रुपैयाँ घाटा व्योहोरेको छ।
चन्द्रगिरि हिल्सले कोभिड १९ का कारण उक्त घाटा सहिनु परेको हो। कम्पनीले गतवर्ष १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको थियो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। कम्पनीको वित्तीय स्थिति नाजुक देखिए पनि बजारमा भने मूल्य उच्च छ। सेमिनार, सभा सम्मेलन, रिफ्रेसमेन्ट कार्यक्रमहरु संचालन गरी आर्थिक क्रियाकलापलाई सुधारोन्मुख बनाइने कम्पनीको दावी छ। जिपलाइन, सुइङ लगायतका सुविधा समेत थप गर्ने योजना बनाई कार्य अघि बढाइएको कम्पनीले जनाएको छ।