बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

फराकिलो भयो साँघुरो शान्ति गोरेटो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
images
images
फराकिलो भयो साँघुरो शान्ति गोरेटो

सडक सञ्चालन थालिएसँगै व्यापारीलाई गुट्खा, परागजस्ता धूमपानजन्य सामग्री नबेच्न अनुरोध गरिएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ७ मा रहेको शान्ति गोरेटो विस्तार भएको छ।

images
images
images

साँघुरो शान्ति गोरेटो विस्तार भएर मोटर गुड्ने भएसँगै स्थानीयहरुले अब बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नु नपर्ने भएको छ। ढल समेत नभएको सो गोरेटो बाटोमा चालु आर्थिक बर्षमा महानगरको केन्द्रीय बजेटबाट सडकमा ढलान गर्ने र ढुंगा छाप्ने योजनाअन्तर्गत अहिले २ सय ८३ मिटर सडकमा ढल राखेर ढलान गरिएको छ।

images
images

कतै अतिक्रमण हटाएर, कतै स्थानीयसँग समन्वय गरेर चौडाइ ४ देखि ५ मिटरसम्मको बनाइएको छ। उपभोक्ताको ५ प्रतिशत योगदान रहेको कार्यक्रमको सम्झौता रकम ५६ लाख ५४ हजार ८ सय ८० रुपैयाँ हो। यसमा उपभोक्ताको ५ प्रतिशत योगदान छ। सम्झौता गरेर २०७९ फागुन १४ गते कार्यादेश दिइएको योजना सम्पन्न गर्न २०८० बैशाख ३० गतेसम्मको अवधि दिइएको थियो। उपलब्ध गराइएको समयभन्दा अगाडि नै योजना सम्पन्न भएपछि भएको हो।

images
images
images

सडकको आइतबार प्रदेश सभा सदस्य श्रीराम लामिछाने र वडाध्यक्ष विमलकुमार होडाले संयुक्त रुपमा सडक सञ्चालन शुभारम्भ गरे। 'यो सडक नागरिकको करबाट बनाइएको हो। हामी वडाको समग्र एवं दिगो विकासका लागि हामी हाम्रा योजनाको सामाजिक परीक्षण गराउने तयारीमा छौँ', वडाध्यक्ष होडाले भने।

सडक सञ्चालन थालिएसँगै व्यापारीलाई गुट्खा, परागजस्ता धूम्रपानजन्य सामग्री नबेच्न अनुरोध समेत गरिएको छ। वडावासीलाई आफ्नो क्षेत्रको सडक आफै सफा गर्न, सडकमा जथाभाबी फोहोर नफाल्न, व्यापार गरिने सटरमा फोहोर बर्गीकरण गर्ने भाँडो राख्न, मनपरि पार्किङ नगर्न अनुरोध गरिएको छ। 


प्रकाशित : आइतबार, वैशाख १० २०८००६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend