शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पर्वत अस्पतालको भवन निर्माणाधीन अवस्थामै जमिन भासियो

images
आइतबार, वैशाख १० २०८०
images
पर्वत अस्पतालको भवन निर्माणाधीन अवस्थामै जमिन भासियो

जमिन भासिएपछि भवनको काम रोकिएका निर्माण कम्पनीका प्रतिनिधि अमितकुमार पाण्डेले जानकारी दिए। 

images
images

काठमाडौं- पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ।१५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो।  २८ करोड रुपैयाँको लागतमा बन्न लागेको भवन निर्माणाधीन अवस्थामै जमिन भासिएपछि अलपत्र बनेको हो।

images
images
images

सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ। अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा ‘इ’ ब्लकको काम अझै पनि बाँकी रहेको हो। ‘इ’ ब्लक कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ बन्दै छ। जमिन भासिएपछि भवनको काम रोकिएका निर्माण कम्पनीका प्रतिनिधि अमितकुमार पाण्डेले जानकारी दिए। 

images
images

‘इ’ ब्लकको भवनको भुइँतलामा ‘अपरेसन थिएटर’, दोस्रो तलामा ‘मातृ स्वास्थ्य’ को ब्लक र त्यो भन्दा आवश्यकताअनुसारको ‘ब्लक’ बनाउने गरी भवनको निर्माण चलिरहेको बेलामा भवनको भुइँ तलाको भागमा ‘बिम’ रहेको ठाउँबाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको हो।

images
images

विसं २०७७ को असार-साउनदेखि भासिन सुरु गरेको भवनको ‘बिम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि भवन थप जोखिममा रहन सक्ने जनाउँदै निर्माणको थप काम हुनसकेको छैन। भू-गर्वविद्हरूले भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन ल्याउने भनिए पनि अहिलेसम्म त्यो ‘रिपोर्ट’ नआउँदा भवनको काम बाँकी रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताए। तीन वर्ष अगाडि निर्माण चलिरहेको बेलामा भासियो, लगत्तै कोभिडको लहर सुरु भएकाले यसको थप काम अगाडि बढ्न नसकेको उनको भनाइ छ।
 
पहिले माटो परीक्षण गरेर भवन निर्माण थालिएको भए पनि बीचैमा समस्या आएपछि फेरि पनि माटो परीक्षणका लागि पठाइएको छ। सहरी विकास कार्यालय त्यही प्रतिवेदनको पर्खाइमा बसिरहेको छ।

मोदी खोलाको किनार गण्डकीको भन्दा टाढा भएकाले अरू भवनमा क्षति नभई ‘इ’ ब्लकमा मात्रै भासिएको हुनसक्ने भू-गर्वविद्हरूले अनुमान गरेका थिए। ‘इ’ ब्लकको भवन रहेको बाहेक अस्पतालका लागि निर्माण गरिएको पानी ट्याङ्की नजिकैको जमिनसमेत भासिएको छ।

भवनको नजिकै रहेको महिला तथा बालबालिका विकास कार्यालयको भवनको निर्माण चलिरहेको बेलामा पनि जमिन भासिएको थियो। भवनको भासिएको भाग कति गहिराइमा भासिएको छ भन्ने यकिन नै नभएका कारण भू-गर्वविद्हरूको सिफारिसबिना भवनको थप काम हुनसक्ने अवस्था नभएको डा अधिकारीले बताए भासिएको भागको अन्तिम बिन्दु कहाँ पुगेको छ भन्ने यकिन नभएको तर मुखमा ठूलो भ्वाङ रहेकाले थप दुर्घटना हुन नदिन जस्ता र काठले भ्वाङ ढाकिएको छ।

निर्माणकै क्रममा भासिएपछि काम अगाडि बढाउने वा नबढाउने भन्ने चिन्ता देखिएका कारण पनि ठेकेदारले काम अगाडि नबढाएको हो। निर्माणको जिम्मा पाएको गोरखा कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर अमितकुमार पाण्डेले भू-गर्वविद्को टोली अध्ययनका लागि आउन लागेको बताए।

'उनीहरूले पनि आफूले प्राप्त गरेको नतिजाका आधारमा अब के गर्ने भन्ने कुरा सुझाएपछि हामी निर्माणको क्रममा अगाडि बढ्ने छौँ', उनले भने, ‘भू-गर्वविद्हरूले सुझावका आधारमा अघि बढ्छौँ।'

भवनको संरचनामा कुनै पनि समस्या नरहेको कुरा ‘बिम’ र ‘पिलर’ बाट पुष्टि हुने अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष गोविन्द पहाडीले बताए. यसको उपचार भनेको भासिनुको कारण पत्ता लगाउने र आगामी दिनमा थप क्षति हुन नदिने उपायलाई कार्यान्वयन गर्ने भन्ने रहेछ।

कारण पत्ता लगाउनका लागि भू-गर्वविद्लाई सम्पर्क गरेर भारतदेखि मगाएर परीक्षण गरिएको उनको भनाइ छ। भू-गर्वविद्को पहिलो परीक्षणबाट भासिनुको कारण र उपचारका बारेमा पत्ता लाग्न नसकेपछि भवनको काम पूरा गर्न झनै समस्या भएको पहाडीले बताए भवनका अन्य ब्लक भने निर्माण सम्पन्न भएर अस्पतालका सेवासमेत सोही भवनवाट सञ्चालन गरिएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १० २०८००४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend