बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

पुल निमार्णमा ढिलाइ हुँदा लुम्बिनी जाने पर्यटकलाई सास्ती

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ९ २०८०
images
images
पुल निमार्णमा ढिलाइ हुँदा लुम्बिनी जाने पर्यटकलाई सास्ती

पुल निर्माण सुरु भएको ८ वर्षसम्म पनि काम सकिएको छैन। पुरानो ठेकेदारले गर्न नसकेको बाँकी काम गर्न करिब १० करोड रूपैयाँमा पुल निर्माणका लागि नयाँ ठेकेदारसँग सम्झौता गरे पनि अझैसम्म काम सुस्त गतिमा छ।

images
images

तिलोत्तमा- भैरहवा-लुम्बिनी सडक खण्डअन्तर्गत गनगाईस्थित बेथरी पुल निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नहुँदा स्थानीयले समस्या व्यहोर्नु परेको छ।

images
images
images

सरकारले २०७१ साल असारमा पप्पु बागमती जेभी कन्स्ट्रक्सनसँग २०७३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले ढिलाइ गर्दा बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश गर्ने पर्यटक तथा स्थानीयले दैनिक रुपमा समस्या व्यहोर्नुपरेको छ। 

images
images

लुम्बिनी जाने पर्यटकले पुल साँघुरो भएर वर्षेदेखि एकतर्फी रहेपछि आफूहरूलाई सास्ती भएको गुनासो गरेका छन्। पटक पटक ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि बेवास्ता गरेकाले गत वर्ष उक्त ठेक्का तोडेर नयाँ ठेकेदार कम्पनी रमण रियल होम इन्फोटेक जेभी ललितपुरलाई जिम्मा दिइएको हो। पुरानो ठेकेदारले गर्न नसकेको बाँकी काम गर्न करिब १० करोड रूपैयाँमा पुल निर्माणका लागि नयाँ ठेकेदारसँग सम्झौता गरे पनि अझैसम्म काम सुस्त गतिमा छ।

images
images
images

नयाँ ठेकेदारले पनि निर्माण सम्पन्न गर्न तदारुकता नदेखाउँदा लुम्बिनी सडक चार लेनको भए पनि उक्त पुल साँघुरो भएका कारण सवारी साधनको जाम लाग्ने गरेको छ। पुल निर्माण नहुँदा प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ।

भैरहवाबाट लुम्बिनी जाने सडक विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो तर पुलको निर्माणको काम अघि बढ्न नसक्दा सडक विस्तारको प्रतिफलसमेत अनुभूति नभएको लुम्बिनीका होटेल व्यवसायी खेम श्रेष्ठले बताए।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले लुम्बिनी आउने पर्यटक यही पुल हुँदै ९० प्रतिशत आउने भए पनि एकतर्फी पुलका कारण जाम हुने तथा दिक्क लाग्ने गरेको गुनासो गर्ने गरेको बताए।

हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले तिनाउ खोला र डन्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का रमण रियल होम इन्फोटेक जेभीले पाएपछि छिटो सम्पन्न गर्न निर्देशन दिएको बताए। उनले भने, 'यो पुल राष्ट्रिय महत्वको पनि भएकाले छिटो सम्पन्न गर्न कम्पनीलाई निर्देशन दिएका छौँ।' 

उनले छिटो सम्पन्न गरेर लुम्बिनी जाने आउने यात्रुलाई सहज हुने वातावरण तयार हुने बताए। यस वर्षभित्र तिनाउ पुल निर्माण सम्पन्न गर्ने, त्यसपछि अर्को पुलको काम गर्ने प्रतिबद्धता ठेकेदारले जनाएको सडक कार्यालयले जनाएको छ। अहिले तिनाउ पुलको जग बसाल्ने र केही रड खसाल्ने काम भएको छ। रासस 


प्रकाशित : शनिबार, वैशाख ९ २०८००८:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend