शुक्रबार, असोज ४ गते २०८१    
images
images

बेलझुण्डी रंगशाला : निर्माण सम्पन्न भएको तीनवर्ष भयो, अझै भएन हस्तान्तरण

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ९ २०८०
images
images
बेलझुण्डी रंगशाला : निर्माण सम्पन्न भएको तीनवर्ष भयो, अझै भएन हस्तान्तरण

२४ करोड २४ लाख रूपैयाँ लागतमा उक्त रंगशाला निर्माण भएको हो। रंगशालामा भीआईपी प्याराफिट, बाथरुम छ।

images
images

तुलसीपुर- दाङमा बहुउद्देश्यीय रंगशाला निर्माण भए पनि हस्तान्तरण हुन सकेका छैनन्। दाङ तुलसीपुर-१७ बेलझुण्डीस्थित रंगशाला निर्माण भएको तीन वर्ष हुँदा पनि हस्तान्तरण गरिएको छैन। 

images
images
images

एथ्लेटिक्स र फुटबल रंगशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको  जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिए। 'रंगशाला निर्माण भएको २०७६ सालमा हो', उनले भने, 'तर, किन हो, अझै हस्तान्तरण भएको छैन।'

अन्तर्राष्ट्रियस्तरको उक्त रंगशालामा आठौँ राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएका थिए। हस्तान्तरण नहुँदा आफूहरुलाई संरक्षणमा समस्या हुने गरेको उनको भनाइ छ। अहिले जसोतसो संरक्षण गरेको भए पनि पूर्ण अधिकार नहुँदा गाह्रो भएको उनको भनाइ छ। उक्त रंगशाला निर्माण गरेको ठेकेदारले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रंगशाला निर्माण गरिरहेको छ।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेशस्तरको खेलकुद परिषद् कसले रंगशालाको संरक्षण र मातहतमा रहने विषय नटुंगिएपछि हस्तान्तरणमा समस्या भएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए। कानून अभावमा यस्तो समस्या देखिएको हो। २४ करोड २४ लाख रूपैयाँ लागतमा उक्त रंगशाला निर्माण भएको हो। दिवा एमए प्रतिष्ठा जेभीले भीआईपी प्याराफिटसहित रंगशाला निर्माण गरेको हो। 

images

रंगशालामा भीआईपी प्याराफिट, बाथरुम, बिजुली र रङरोगनसमेत गरिएको छ। रंगशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ। जुन मोफसलमा पहिलो हो। त्यहाँ ‘भीआईपी’ प्याराफिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ।

रंगशालाको पश्चिमतर्फ निर्माण गरिएको भीआईपी प्याराफिटमा चार सय १२ सिट छन्। रंगशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्याराफिट निर्माण गरिएको छ। भीआईपी प्याराफिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको हो। रंगशालामा प्रयोग गरिएका तारबारसमेत विदेशबाटै ल्याइएको हो।

फिफा मापदण्डअनुसार निर्माण गरिएको फुटबल मैदानमा बरमुडा दुबो रोपिएको छ। यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको हो। रासस 


प्रकाशित : शनिबार, वैशाख ९ २०८००५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend