शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

मर्सिडिज बेन्ज र टोयोटालाई उछिन्दै टेस्ला बन्यो सर्वाधिक मूल्यवान् अटो ब्रान्ड

images
शनिबार, वैशाख ९ २०८०
images
मर्सिडिज बेन्ज र टोयोटालाई उछिन्दै टेस्ला बन्यो सर्वाधिक मूल्यवान् अटो ब्रान्ड

टेस्लाको अहिलेको ब्रान्ड भ्यालु कोरोना महामारीअघिको तुलनामा ५ गुणा बढेको छ। एक वर्षअघिको मात्र तुलना गर्दा टेस्लाको ब्रान्ड भ्यालु ४४ प्रतिशतले बढेको र सर्वाधिक मूल्यवान् अटो ब्रान्ड पहिलो पटक विद्युतीय कार उत्पादक कम्पनी पुगेको हो।

images
images

काठमाडौं- ब्रान्ड भ्यालुका आधारमा जापानी कम्पनी टोयोटा लामो समयदेखि संसारकै मूल्यवान् अटोमोबाइल कम्पनीका रुपमा रहँदै आएको थियो। त्यसमा कहिलेकाहीँ जर्मन विलासी कार उत्पादक कम्पनी मर्सिडिज बेन्ज अग्रस्थानमा हुने गर्थ्यो। तर अब भने समयसँगै मूल्यवान् कम्पनीको सदाबहार नाम पनि बदलिएको छ। 

images
images
images

यसअघि परम्परागत पेट्रोलियम कार उत्पादकहरु मूल्यवान् कम्पनी हुन्थे। विश्वले पेट्रोलियम सवारीको विकल्पमा विद्युतीय वा अन्य शून्य प्रदूषण सवारीको विकल्पलाई अंगिकार गरिसक्यो। योसँगै विद्युतीय सवारीमात्र उत्पादन गर्ने अमेरिकी कम्पनी टेस्ला इंक संसारकै मूल्यवान् अटोमोबाइल कम्पनी बन्न सफल भएको छ। यसअघि यस्तो मूल्यवान् कम्पनीको अग्रस्थानमा टोयोटा र कहिलेकाहीँ मर्सिडिज बेन्ज हुन्थ्यो। 

images
images

अटोमोबाइल उद्योगमा विद्युतीय सवारी अबको केही समयमै केन्द्र भागमा पुग्ने छ। यसको मुख्य कारण नयाँ र स्टार्टअपले मात्र होइन परम्परागत सवारी उत्पादन कम्पनीले पनि विद्युतीय सवारी उत्पादनलाई नै उच्च प्राथमिकता दिइरहेका छन्। 

images
images

टेस्लाले विद्युतीय कार उत्पादन विस्तारलाई विशेष प्राथमिकता दिएर प्लान्ट स्थापना समेत बढाइरहेको छ। हालै सार्वजनिक भएको एक अध्ययनअनुसार टेस्ला संसारकै मूल्यवान् कम्पनी बनेको हो। 

फ्रान्सेली कन्सल्टिङ फर्म ब्रान्ड फाइनान्सले गरेको अध्ययनअनुसार टोयोटा र मर्सिडिज बेन्जलाई उछिन्दै ६६.२ अर्ब अमेरिकी ब्रान्ड भ्यालु् भएको कम्पनी टेस्ला बनेको हो। टोयोटा र मर्सिडिज बेन्जको ब्रान्ड भ्यालु क्रमशः ५२.५ अर्ब र ५८.८ अर्ब डलर रहेको ब्रान्ड फाइनान्सले उल्लेख गरेको क्लिनटेक्निकाले लेखेको छ। २०२२ मा भने ब्रान्ड भ्यालुका आधारमा टोयोटा पहिलो स्थानमा र मर्सिडिज बेन्ज दोस्रो स्थानमा थिए। 

उक्त अध्ययनअनुसार टेस्लाको अहिलेको ब्रान्ड भ्यालु कोरोना महामारीअघिको तुलनामा ५ गुणा बढेको हो। एक वर्षअघिको मात्र तुलना गर्दा टेस्लाको ब्रान्ड भ्यालु ४४ प्रतिशतले बढेको र सर्वाधिक मूल्यवान् अटो ब्रान्ड पहिलो पटक विद्युतीय कार उत्पादक कम्पनी बन्न पुगेको हो।

टेस्लाले विद्युतीय कारमा अन्य उत्पादकबाट हुन सक्ने प्रतिस्पर्धामा अब्बल रहन उत्पादन बढाउने, कम मूल्यको कार ल्याउने र मूल्य घटाउने सम्मको काम गरिरहेको छ। गत वर्षको तुलनामा टोयोाटाको ब्रान्ड भ्यालु १८ प्रतिशतले घटेको हो भने मर्सिडिज बेन्जको ३ प्रतिशत घटेको ब्रान्ड फाइनान्सले उल्लेख गरेको छ। 

ब्रान्ड भ्यालु बढ्नुले टेस्लाप्रति उपभोक्ताको स्वीकार्यता बढ्नु र टेस्ला ब्रान्ड खरिद गर्न उपभोक्ताले मूल्य तिर्नेक्रम बढ्दै जाने ब्रान्ड फाइनान्सले जनाएको छ। यसले टेस्लाको ब्रान्ड भ्यालु आगामी दिनमा अझै बढ्दै जानेछ। जसको मुख्य फाइदा भनेको टेस्लाका कारको बिक्री बढ्ने र आम्दानी तथा नाफा आर्जनमा बढोत्तरी हुनु हो। 

ब्रान्ड फाइनान्सका अनुसार यो अध्ययन तयार पार्न मुख्य अटोमोबाइल ब्रान्डको ५ हजार वार्षिक परीक्षण र १ सय विभिन्न क्षेत्रगत प्रतिवेदनलाई आधारमा मानिएको छ। फरक अटो सेगमेन्ट र विश्वभरका अटोमोबाइल ब्रान्ड यो अध्ययनमा समावेश गरिएको थियो। 


प्रकाशित : शनिबार, वैशाख ९ २०८०१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend