सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

निर्माणमैत्री कानूनका लागि मन्त्री यादवसमक्ष महासंघको अनुरोध

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
images
images
निर्माणमैत्री कानूनका लागि मन्त्री यादवसमक्ष महासंघको अनुरोध

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री यादवले निर्माण उद्योगलाई समृद्ध बनाउन सम्बन्धित् निकायहरू आ-आफ्नो कमजोरी सच्याउँदै अघि बढ्नु पर्ने बताइन्।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विकास निर्माणका कामहरू तोकिएको समयमा नै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्ने बताएकी छिन्।

images
images

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री यादवले निर्माण उद्योगलाई समृद्ध बनाउन सम्बन्धित निकायहरू आ-आफ्नो कमजोरी सच्याउँदै अघि बढ्नु पर्ने बताइन्।

images
images

निर्माण व्यवसायीहरूलाई काम दिइने पुरानो परिपाटीमा सुधार आवश्यक भएको मन्त्री यादवले बताइन्। निर्माण क्षेत्रमा आएका समस्या समाधानका लागि सुक्ष्म अध्ययन आवश्यक भएको मन्त्री यादवको भनाइ थियो।

images
images
images

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादव समक्ष निर्माण व्यवसायीहरूको समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएका थिए।

महासंघ प्रतिनिधिमण्डले हाल संसदमा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रुपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँग सम्बन्धित कानूनहरु निर्माण मैत्री हुने गरी संशोधन गरिनुपर्ने माग मन्त्री यादव समक्ष राखेका छन्।

महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, बैंक क्रेडिट लाइनको खारेजी, बिमा शुल्क वृद्धि लगायतका विषयमा आफ्नो लिखित सुझाव मन्त्री यादवलाई बुझाएको हो।

हाल संघीय, प्रदेश र स्थानीय सरकार अन्तर्गतका निकायहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्देशिका विपरित आफुखुसी क्राइटेरियामा निश्चित मापदण्डमा आर्थिक मिलोमतो गरी आफु अनुकुल हुने गरी राखिएको हुँदा यस्ता शर्तहरु तोकिने प्रथाको अन्त्य गर्नका लागि संघीय सरकारबाट तत्काल सम्बन्धित निकायहरुलाई निर्देशन गरिनुपर्ने माग महासंघले राखेको छ।


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend