शनिबार, वैशाख २२ गते २०८१    
images
images

नेपालगञ्जमा निर्माणाधीन आईसीपीको प्रगति ८६ प्रतिशत, कार्यकारी निर्देशकसहतिको टोलीले गर्‍यो निरिक्षण

images
images
images
नेपालगञ्जमा निर्माणाधीन आईसीपीको प्रगति ८६ प्रतिशत, कार्यकारी निर्देशकसहतिको टोलीले गर्‍यो निरिक्षण

नेपाल र भारत सरकारबीच २००५ अगस्ट ३ मा भएको समझदारी अनुरुप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आइसकेका छन्। 

images
images

काठमाडौं- नेपालगञ्जमा निर्माणाधीन एकृकीत जाँच चौकी (आईसीपी)को भौतिक प्रगति ८६ प्रतिशत भएको छ। यो आईसीपीको निर्माण २०७७ असोजमा सुरु भएको थियो। 

images
images
images

नेपालको अन्तराष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल-भारतबीच चार सीमा नाकाहरु (विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज) मा दुवैतर्फ समान रुपमा एकीकृत जाँच चौकी आईसीपी निर्माण गर्ने सहमति भएको थियो। नेपाल र भारत सरकारबीच २००५ अगस्ट ३ मा भएको समझदारी अनुरुप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आइसकेका छन्। 

images

सोही क्रममा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत जाँच चौकी निर्माण २०७७ असोज २६ गते नेपालगञ्ज एकीकृत जाँच चौकीको शिलान्यास भइ निर्माण कार्य सुरु भएको थियो। नेपाल इन्टरमोडल यातायात समितिका कार्यकारी निर्देशक आशिष गजुरेल सहितको पदाधिकारी र भारतीय भूमि पत्तन प्राधिकरण (एलपीएआई) का अध्यक्ष आदित्य मिश्रसहितको पदाधिकारीबीच २०८० बैशाख ७ मा रुपैडिया आईसीपीमा दुवैतर्फका आईसीपीहरुको प्रगति बारे छलफल भएको हो। नेपालगञ्ज आईसीपीको क्षेत्रफल ४४ं.३६ हेक्टर रहेकोमा पहिलो फेजमा १८.०५ हेक्टरमा संरचनाको विकास गरिएको छ।  

images

एलपीएआईका अध्यक्ष र समितिका कार्यकारी निर्देशकबीचमा दुवै तर्फका एकीकृत जाँच चौकीमा भौतिक संरचना र सफ्टवेयर एकीकृत गर्ने सम्बन्धमा छलफल भएको थियो। साथै कार्यकारी निर्देशकले ड्राइपोर्ट र एकीकृत जाँच चौकी प्रभावकारी रुपमा संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिए। 

images
images

एलपीएआई अध्यक्ष मिश्र र कार्यकारी निर्देशक गजुरेलबीच व्यवस्थापन र संचालनलाई उच्च स्तरीय किसिमले व्यवस्थापन गर्न हरेक चौमासिक रुपमा मिटिङ गरी अझ प्रभावकारी बनाउने सहमति भएको हो। सो बैठकमा वीरगञ्ज, भैरहवा, काँकडभिट्टा, विराटनगरमा दुवै देशको सीमामा भएका एकीकृत जाँच चौकी/बन्दरगाहमा व्यवसायीलाई सहज हुनेगरी दुवै तर्फबाट सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो। 

images

प्रकाशित : शुक्रबार, वैशाख ८ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस