आइतबार, भदौ २३ गते २०८१    
images
images

तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’ दिने तयारी, मिल्नेछ दुई लाखसम्मको सहुलियत कर्जा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
images
images
तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’ दिने तयारी,  मिल्नेछ दुई लाखसम्मको सहुलियत कर्जा
फाइल तस्बिर

क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो सरकारले दुई लाखसम्म ऋण दिन्छ।

images
images

तुलसीपुर- दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ। यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए।

images
images
images

'ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ', उनले भने, 'त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा गएर छलफल भएपछि हामीले कार्यान्वयनमा गर्छौं।'

किसानलाई क्रेडिटकार्ड दिएपछि दुई लाख रूपैयाँसम्मको सहुलियत कर्जा पाउँछन्। यसअघि तुलसीपुर उपमहानगरपालिका-१६ का किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो। सिसा परियोजना र मेघा बैंकको समन्वयमा वडाका १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो। क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको उनले बताए। 

अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने उनको भनाइ छ। क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो सरकारले दुई लाखसम्म ऋण दिन्छ। सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन्। उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन्। 

images

त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ। क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्छ। सिसा परियोजनाको आयोजनामा किसान क्रेडिट कार्ड कार्यान्वयन सहयोगसम्बन्धी कार्यविधि २०७९ का विषयमा अन्तर्क्रिया भएको छ। त्यस अवसरमा बैंकका प्रमुख, जनप्रतिनिधि, किसानलगायत सरोकारवालाले ‘क्रेडिट कार्ड’ले किसानलाई व्यावसायिकरुपमा फाइदा पुर्‍याउने बताएका थिए। रासस


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००८:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend