बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

तम्घास बजार क्षेत्रका मापदण्ड विपरीतका संरचना हटाउन थालियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
images
images
तम्घास बजार क्षेत्रका मापदण्ड विपरीतका संरचना हटाउन थालियो
फाइल तस्बिर

तोकिएको समयमा अवैध संरचना हटाउन स्थानीयवासीले बेवास्ता गरेपछि नगरपालिका आफैले भत्काउन सुरु गरेको हो।

images
images

गुल्मी- रेसुंगा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरी बनाइएका सडक पेटी हटाउन थालेको छ। नगरपालिकाले डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायत संरचना हटाउन सुरु गरेको हो।

images
images
images

नगरपालिकाले गत साता तम्घास बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका घरधनीहरुलाई अव्यवस्थित रुपमा निर्माण भएका सडकपेटीहरु आफै हटाउन सार्वजनिक रुपमा सूचना जारी गरेको थियो। नगरपालिकाले तोकेका समयमा उक्त संरचना हटाउन स्थानीयवासीले बेवास्ता गरेपछि नगरपालिकाले बाध्य बनेर डोजर प्रयोग गरी अव्यवस्थित रुपमा बनाइएका संरचना हटाउन सुरु गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए।

नगरपालिकाले अव्यवस्थित रुपमा सडक प्रयोग गरी बनाइएका पेटीहरु डोजरको माध्यमबाट हटाउन थालेपछि कतिपय घरधनीहरुले स्वयम् त्यस्ता संरचनाहरु हटाउन थालेका गरेका छन्। बजार क्षेत्रमा साँगुरो सडक र त्यसै सडकमा पनि सडकै मिचेर पेटी तथा नालीहरु बनाएपछि सवारी साधनका साथै सर्वसाधारणका लागि पैदल यात्रा गर्नसमेत समस्या परेको थियो। 

images

नगरपालिकाले एक साताभित्र बजार क्षेत्रमा कालोपत्र गर्नका लागि हाललाई ३० फिटको सडक मापदण्ड कायम गरेको उनले जानकारी दिएका छन्। यसैगरी नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका बिजुली, केबुल तथा इन्टरनेटका पोल तथा तारहरुसमेत हटाइ व्यवस्थित गर्न सुरु गरेको छ। रासस 

images


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००८:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend