शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपाल एसियाको स्वीट्जरल्याण्ड, पर्यटनबाटै सम्वृद्धि सम्भव छ : सदगुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
images
images
नेपाल एसियाको स्वीट्जरल्याण्ड, पर्यटनबाटै सम्वृद्धि सम्भव छ : सदगुरु

भारतीय योगगुरु सदगुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ।

images

काठमाडौं- भारतीय योगगुरु सदगुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ।

images
images

एकसाता अघि नेपाल आएका सदगुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रर्वद्धनका विभिन्न विषयमाथि छलफल भएको थियो। 

images

भेटका क्रममा सदगुरुले नेपाल एसियाको स्वीट्जरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताएका छन। उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग यही नै स्वर्ग रहेको धारणा राखेका थिए।

sadgaru b.jpg

‘नेपाल सम्भावना नै सम्भावनाको देश हो। नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ ? आवश्यक छ त केवल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन। त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको सम्वृद्धि कसैले राक्न सक्दैन,’ उनले भने।

images

नेपाल विश्वका अरु देश जस्तो नभई अलौलिक आनन्द प्राप्त गर्न सकिने देश भएकोले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको बताउनु बताए।

उनले योजनावद्ध विकास विना दिगो विकास सम्भव नभएको धारणा राख्दै नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान सुझाव दिएका छन्।

sadguru c.jpg

‘आउने दश वर्षभित्रै नेपालको पर्यटनलाई जिडिपीको करिब ३० प्रतिशत योगदान दिने क्षेत्रका रुपमा विकास गर्न सकिन्छ। त्यसको अपार सम्भावना नेपालमा छ। तर, नगरिए भने त्यो आउने पुस्ता माथीको अपराध हुने छ। यस्तै नेपालको मौलिक कला र संस्कृतिलाई पुस्तान्तरण गर्न पनि जरुरी छ’, उनले भने।

भेटमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले कोभिडकै बीचमा सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। 

उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताले गर्दा नेपाल र भारत बीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए। 

उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन लागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको बताए। उनले खप्तड जस्ता ठाउँमा सदगुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न समेत आह्वान गरे।

सदुगुरु नेपाली भूभाग लिमि भ्याली हुँदै नेपालबाटै कैलाश मानसरोवरको यात्रा गरी काठमाडौं फर्किएका हुन्। विभिन्न देशका उनका अनुयायी तथा सहगोगी गरी ४० जनाको समूह नेपालमा रहेको छ। 


प्रकाशित : आइतबार, भदौ २० २०७८०३:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend