बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ७ २०८०
images
images
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

'मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ, उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला।' 

images
images

काठमाडौं- सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ। 

images
images
images

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन्। 

'मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ', उनले भनिन्, 'उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला।' 

images

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन्। 

images

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन्। रासस 


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend